logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली मुस्लिम समाज कतारले दूतावासमा ज्ञापन पत्र बुझायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, दोहा वैशाख १६।
नेपाली मुस्लिम समाज कतारले नेपाली दूतावास कतारमा ज्ञापन पत्र बुझाएको छ । सरकारले दोस्रो किस्ताको निर्वाचन गर्ने मिति तय गर्दा नेपालि मुस्लिम समाजलाइ ब्यवास्था गरिएको र मुस्लिम समाजको महान पर्ब रमजानमा चुनाबी मिति तोकिएको भन्दै मुस्लिम गठबन्धनले रुष्ट हुदै सरकारलाइ र विभिन्न राजनैतिक दलहरुलाइ ज्ञापन पत्र बुझाएको थियो ।कतारमा भएको नेपाली मुस्लिम समाज कतारले पनि नेपाल सरकारको ध्यानाकर्षण गराउन नेपाल सरकारलाइ दूतावास मार्फत ज्ञापन पत्र बुझाएको सस्थाका अध्यक्ष इन्जिनियर अयुब हकले बताउनु भएको छ ।

ज्ञापन पत्रमा रमजानको बेलामा मुस्लिम समुदाय भोक भोकै बर्त बस्ने र चुनाबमा आफ्नो भुमिका निर्बाह गर्न गारो हुने बताउदै सरकारले देशको १०% जनसंख्या लाइ उपेक्षित गर्दै चुनावको किस्ता बन्दी घोषणा गर्नु घोर अपमानित र आपत्ती रहेको भन्दै जेष्ठ १३ भन्दा अगाडि नै दोस्रो किस्ते निर्वाचन गराउन सरकार जोडदार रुपले माग गरेको छ ।

उक्त ज्ञापन पत्र बुझाउन नेपाली मुस्लिम समाजका अध्यक्ष इन्जिनियर अयुब हक, उपाध्यक्ष स्माइल पन्त, माहधिबेशन आयोजक कमिटिका अध्यक्ष तथा सल्हाकार यासिन मामा र कोशाध्यक्ष सहितको नेतृत्व टिम दूतावास गएको थियो ।

समाजले दुतावासमा बुझाएको ज्ञापन पत्र ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend