logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा एच.आइ. भी.एड्स संक्रमित झन्डै २ सय पुगे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ २५ ।
गुल्मीको एक संस्थाले सार्वजानिक गरेको तथ्याङ्ग अनुसार गुल्मी जिल्लामा एच.आइ. भी.एड्स संक्रमितको संख्या झण्डै २ सय जना रहेको तथ्याङ्क सर्वजनिक गरेको छ ।

एच आई भी क्षेत्रमा काम गरिरहेको संस्था हाम्रो जिवन प्लसले आज सदरमुकाम तम्घासमा सार्वजानिक गरेको प्रतिवेदनमा यस जिल्लामा १ सय ९५ जना संक्रमित रहेका छन् । संक्रमित मध्ये पुरुष ८५ जना र महिला १ सय १० जना रहेको प्रतिवेदमा उल्लेख छ ।

संस्थाकी अध्यक्ष सावित्रा ज्ञवालीले दिएको जानकारी अनुसार ति मध्ये १ सय ३९ जनाले ए.आर.टी. लिई रहेका छन् । गुल्मीमा हाल सम्म २० जनाको मृत्यु भई सकेको छ । देशभरमा भने संक्रिमितको संख्या २६ हजार ७ सय २ पुगेको तथ्याङ्गमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend