logo
  • शनिबार, भाद्र २० २०८३

गल्कोट समाज युएईद्धारा मुटु रोगी खड्कालाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

लालबहादुर ढेंगा, दुबई ।
विगत दुई बर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा–३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईद्धारा स्वास्थ्य उपचारका लागि ४० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । भारत, काठमाण्डौं र पोखराका अस्पतालहरुमा उपचार चलेको र निजको घर स्थिति नाजुक भएकाले समाजलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरेको हो ।

उक्त रकम समाजका कोषाध्यक्ष निर्दोष खत्री र गम भण्डारीको पहलमा संकलन गरिइएको थियो । जसमा १२ जनामध्ये आ–आफ्नो शक्ति र सम्भव अनुसार सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेका छन् । लालबहादुर खड्का दिराम ५००, गम भण्डारी १८०, गोरख खड्का १००, कर्णबहादुर खड्का १००, कृष्ण भण्डारी १०१, यामबहादुर खड्का १००, सागर शर्मा १००, लिलाबहादुर थापा ७५, निर्दोष खत्री ६५, धन श्रीस ५०, पुष्पराज महतो ३० र कमल खत्रीबाट ३० दिराम सहयोग भएको छ ।

सो रकम युएईबाट समाजले सोही गाउंमा बसोबास गरेका समाजसेवी तथा बुद्धिजीवी जीवन भण्डारीलाई पठाई दिएपछि पीडितलाई हस्तान्तरण गरिएको थियो । पीडितको घरमा श्रीमति २ छोरा र एक छोरी रहेका छन् । अहिलेसम्म उपचार गर्ने क्रममा लगभग ३० लाख जति खर्च भईसकेको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend