logo
  • शनिबार, साउन ३० २०८३

विश्व क्रिकेट लिग च्याम्पियनपसिपका लागि संयोजक चयन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौ, जेष्ठ २४ ।
नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि अन्तराष्ट्रिय त्रिकेट काउन्सिल आईसीसी ले आफैं नेपाली राष्ट्रिय टोलीको युरोप भ्रमणको तयारी थालेको छ ।

1465201394cricket-2126555
आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेदरल्याण्डसँग साउन २९ र ३१ गते हुने खेलको तयारी थाल्न स्थानीय संयोजक पनि तोकेको छ । उसले निलम्बित क्यानकी कार्यकारी अधिकृत सीईओ भावना घिमिरेलाई स्थानीय संयोजक तोक्दै तयारीका लागि निर्देश गरेको हो ।

आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सीईओ घिमिरेलाई दिइएको बताइएको छ ।

आइसिसिले यही प्रक्रिया यसअघि काठमाडौंमा भएको नामिबियासँगको खेलमा पनि अपनाएको थियो । कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई आईसीसीले खेलाडी छनोटको जिम्मा प्रदान गरेको छ । नेदरल्याण्ड टुरका लागि आश्वयक रकम आईसीसीले नै उपलब्ध गराउनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले साउन २९ र ३१ गते नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend