साझा नेटवर्क
प्रेम सुनार,गुल्मी जेठ २४।
आज एक संस्थाले सार्वजानिक गरेको तथ्याङ्ग अनुसार गुल्मी जिल्लामा एच. आई. भी.एड्स सक्रमितको संख्या झण्डै २ सय जना भएको छ ।

त्यस क्षेत्रमा काम गरिरहेको संस्था हाम्रो जिवन प्लसलले आज सदरमुकाम तम्घासमा सार्वजानिक गरेको प्रतिवेदनमा यस जिल्लामा १ सय ९५ जना संक्रिमित रहेका छन् । त्यस मध्ये पुरुष ८५ जना र महिला १ सय १० जना रहेको प्रतिवेदमा उल्लेख छ ।
संस्थाकी अध्यक्ष सावित्रा ज्ञवालीले दिएको जानकारी अनुसार ति मध्ये १ सय ३९ जनाले ए.आर.टी. लिई रहेका छन् । हाल सम्म २० जनाको मृत्यु भई सकेको छ ।
देशभरमा भने संक्रिमितको संख्या २६ हजार ७ सय २ पुगेको तथ्याङ्गमा उल्लेख गरिएको छ ।
त्यस सम्वन्धी जिल्ला स्तरिय समन्वय समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल , जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपाल, जनस्वास्थ्य कार्यालयका कृष्णप्रसद पन्थी लगायतको सहभागिता थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend