साझा नेटवर्क
संगिता कुवँर टोकियो, जेष्ठ २४ ।
सन् २०१४ मा पढ्न जापान आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ यत्तिबेला अस्पतालको शैयाबाट सहयोगको अपिल गरिरहेकि छिन् । मृत्यु संग लडिरहेकि श्रेष्ठको मुटुमा समस्या देखिएपछि अपस्तालको शैयाबाट जापानबासी नेपालीहरुलाई नयाँ जीवनको लागि अपिल गरेकी हुन्।

नेरिमास्थित हिकारीगाओका अस्पतालका अनुसार श्रेष्ठको मुटुको भल्भले काम गर्न छोडेर तेस्रो स्टेजमा पुगिसकेकोले १ महिनाभित्र भल्भ फेर्नु पर्ने भएको छ । जसका लागि करिव १५ लाख (१५० मान) येन खर्च लाग्ने र सो को जोहो गर्न पनि आफुलाई अस्पतालले जानकारी गराएको श्रेष्ठले बताएकी छिन् । एक बर्षअगाडीदेखि मुटुको समस्या झेल्दै आएकी श्रेष्ठले बारम्बार स्वास्थ्य परीक्षण गराउँदा पनि पत्ता नलागेको र अन्तिमा आएर हालै हिकारीगाओका अस्पतालले मुटुको भल्भले काम गर्न छोडेको खबर उनलाई सुनाएको थियो ।
मुटुमा देखिएको समस्यापछि निराश २३ बर्षीय श्रेष्ठले आफु कमजोर आर्थिक पृष्ठभूमिको भएको भन्दै एक्लैले रकमको जुटाउन नसक्ने भएकाले जापानबासी नेपाली समुदायसमक्ष नयाँ जीवनको याचना गरेकी हुन् ।
अस्पतालको शैयाबाट उनले भनिन्, ‘मलाई बचाउने जिम्मा भगवानले अब जापानबासी नेपालीहरुलाई सुम्पेका छन्, मलाई नयाँ जीवन दिनुस् बाँचेर संघर्ष गर्न चाहान्छु । श्रेष्ठको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेहुने ईच्छुकहरुले उनको हुलाक खाता नंम्वर १७४९०–६०९८९०११ मा रकम जम्मा गरी ०७०–४६९१–९८४९ मा जानकारी गराउन श्रेष्ठले अपिल गरेकी छिन् ।
नेसाजबाट भीमाकुमारी लागी ५० हजार ऐनको प्रारम्भिक कोषको स्थापना नेपाली बिद्यार्थी समाज (नेसाज) जापानले मुटु रोगबाट पीडित नेपाली भीमाकुमारी श्रेष्ठको उपचारमा सधाउन लागि ५० हजार ऐनको प्रारम्भिक कोषको स्थापना गरेको छ ।
अध्ययनका लागि जापानमा रहेका बिद्यार्थीहरुले सन् १९९७ मा स्थापना गरेको साझा संस् था नेपाली बिद्यार्थी समाजको बचत कोषबाट २० हजार र कार्यसमितिका सबै सदस्यहरुबाट उठाइएको ३० हजार ऐनसहित ५० हजारको प्रारम्भिक सहायता कोष स्थानपना गरेको हो । अध्ययनका लागि जापान आएकी श्रेष्ठ सेनमोन तहमा अध्ययनरत छिन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend