logo
  • शनिबार, भाद्र २० २०८३

तनहुँको बनभोजमा कुमारीले धमाका मच्याउने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल बहादुर रानाभाट ,दोहा ।
बिगतका वर्ष जस्तै तनहुँ सेवा समाज दोहा, कतारले नयाँ वर्षको अवसरमा बृहत बनभोजका साथमा संगीतीक धमका २०७४ गर्ने भएको छ । अहिलेको सन्दर्भमा निक्कै लोक दोहरि क्षेत्रमा चर्चा बटुल्न शफल गायिका कुमारी थापा मगर संगीत प्रेमीहरुलाई भरपुर मनोरञ्जन दिन नेपालबाट आउने भएकी छ ।

यस्तै प्रवासमा रहेर पनि विभिन्न वार्ड चुम्न सफल लोक दोहोरी गायक रित कुमार श्रेष्ठ,लोक दोहरिकै पारखी बलबिक्रम थापा लगायत एक दर्जन भन्दा धेरै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । भने प्रवासमा हास्यकलाकार माग्ने बुढाको उपनाम कमाइ सकेका सुरज बिसिले पेट मिचिमिची हसाउने भएका छन ।

२८ अप्रिलमा दोहाबाट करिब ४५ किलोमीटर टाढा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा हुने संस्थाका अध्यक्ष पदम बिस्वकर्माले जनाएका छन । बनभोजका लागि यातायातहरु तरबार गेट,अलात्तिया,साहानिया,दुखान,अल्खोर,उम्साईड लगायत कतारको विभिन्न ठाउँबाट छुट्ने व्यवस्था समेत रहेको यातायात संयोजक तोयानाथ पौडेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend