logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको जिल्ला प्रशासन कार्यालय अत्याधुनिक भवनमा सर्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ २३।
गुल्मीको जिल्ला प्रशासन कार्यालय नव निर्मित अत्याधुनिक भवनमा आज देखि सरेको छ । २०६९ बैशाख १० गते देखि काठमाण्डौको धापसीमा रहेको सुर्यचन्द्र कन्स्ट्रकशन कम्पनीले निमार्ण कार्य सुरु गरेको त्यस भवनमा आज देखि जिल्ला प्रशासन कार्यालय सरेर नियमित कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।
prasasan
उनले दिएको जानकारी अनुसार क्ल १८ वटा कोठा सहितको उक्त भवन अपङ्गता भएका, जेष्ठ नागरिक र असाहय मैत्री रहेको छ । त्यस कार्यालयका लेखापाल गणेश नेपालीले….दिएको जानकारी अनुसार उक्त भवन भ्याट वाहेक २ करोेड ७६ लाख ७६ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

२०७२ सालको कार्तिकमा निर्माण कार्य सम्पन्न भए पनि रकम निकासीमा ढिलाई भएकोले अहिले आज सर्नु परेको लेखापाल नेपालीले बताए । सोही स्थानमा २०२२ साल तिर वनाईको पुरानो जिल्ला प्रशासन कार्यालय भत्काएर अत्याधुनिक भवन निर्माण कार्य सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समितिको एक भवनमा सरेको थियो ।

तम्घासका पुराना समाज सेवी नन्दराम भुसालले त्यति वेला अञ्चलाधिश कार्यालय रहेको थियो । त्यसैका विभिन्न कोठाहरुमा जिल्ला प्रशासन कार्यालय देखि जिल्ला पञ्चायत र जिल्ला अदालत समेत रहेका थिए । त्यति वेला सम्म गुल्मी र अर्घाखाँचीको प्रशासनिक निकाय संयुक्त थियो ।

पाल्पाबाट प्रशासनिक काम हुँदै आएको गुल्मीमा पछि बडाहाकिम चन्द्रमान थकाली हुँदै पहिलो सिडियोका रुपमा रुपबहादुर स्वाँर २०२७ साल देखि २०२८ साल असार ३ गते सम्म रहेका थिए । हालका सिडियो प्रदिपराज कँडेल ३१ औं सिडियोका रुपमा अहिलेको अत्याधुनिक भवनमा जिल्ला प्रशासन चलाउने पहिलो सिडियो बनेका छन् ।

गुल्मीको तम्घासमै घर भएका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले उति वेलाको प्रशासन कार्यालय भवनको दुविधा सम्झीदा र अहिलेको भवनको अत्याधुनिक सुविधा सम्पन्न भवनमा बसरेर काम गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

आज सरेको प्रशासनमा पहिलो सेवाग्राहीका रुपमा रुरु गाविस वडा नम्वर ६ भटकुवाकी कृति सुवेदी बनिन् । उनको १६ उमेर नपुगेका कारण नागरिकता बनाउन नसकेर नावलक परिचय पत्र बनाउने आएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend