logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको सदरमुकाम तम्घासमा घरभित्र गाडी पस्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ २३।
गुल्मीको सदरमुकाम तम्घासका हरिकुमार श्रेष्ठको पसल भित्रै विद्युत प्राधिकरणको गाडी पसेको छ । ग्यारेजबाट परिक्षण गर्ने क्रममा प्रधिकरणको लु १ ञ १४६४ नम्वरको गाडी श्रेष्ठको पसलमा पसेपछि ठुलो क्षति भएको छ ।
tmg gadi
श्रेष्ठ मोवाईल तथा टिभी सेन्टर पसलमा केहि टेलिभिजन र अन्य सामग्री फुटेका छन् । श्रेष्ठले भने–‘क्षति कति भयो भन्ने अनुमान गर्न भ्याई सकिएको छैन । जेहोस मानिविय क्षति हुन नपाएकोले त्यही नै ठुलो कुारा मानेका छौं । पसलमा रहेका उनका भानिजले भागेर बाँचेको बताए ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख सहि प्रेम श्रेष्ठले प्राधिकरण प्रमुखलाई वोलाएर क्षतिको विवरण तयार पार्ने बताए । पसलमा गाडी पस्दा आगोको मुस्लो निस्केको प्रत्यक्ष दर्शी तारा भुसालले बताए । घर भित्र पसेको गाडी टोचन लगाएर बाहिर निकालिएको छ ।

त्यसका चालक माधव पाण्डेले गाडी विग्रेको थियो ग्यारेजमा चेक गरेर ल्याउने क्रममा एक्कासी गाडी उहाँको घर भित्र पसेको बताए । स्मरण रहोस गत वर्ष पनि त्यस कार्यालयको गाडी अर्घाखाँचीमा दुर्घटना हुँदा त्यस कार्यालयका प्रविधिकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend