प्रेम सुनार,गुल्मी चैत्र १५ ।
यो पंक्ति लेख्दै गर्दा दिनको दुई वजेर २३ मिनेट समय भएको छ । व्यस्तताका कारण यसको ३ मिनेट अघि वल्ला विहानको खान खाँदै थिए मैले । तम्घास मिलनचोकबाट एउटी दिदी या वहिनीको फोन आयो । तपाईलाई एउटी महिला भेट्न आउनु भएको छ कहाँ पठाई दिउँ भन्नु भयो । मैले जवाफ दिएँ यदि विरामी परेर उपचारका लागि सहयोगको अपिल गर्न आएको भए भो नपठाई दिनुस आज विहान मात्रै चार जना आएका छन म त वाक्क भएँ भन्न बाध्य भएँ म ।
खै को हो त्यही पठाई दिन्छु भनेको केहि बेर मै रुन्चे अनुहार लिएर एउटी महिला आउनु भयो मेरो अफिसमा । अनि सुरु भयो वेदना संग अश्रृधारा । त्यो रोदन र चित्कार सुन्दा एकछिन करुणा पनि जाग्यो । पछि वेदानात्मक कथा संगै ‘खेलोखेती’को कुरा सुन्दा घृणा जाग्यो । कुरो के रहेछ भने भारत तिरबाट आउँदै गरेका एक गुल्मेली भुसतिघ्रे संग बुटवल तिर लसपस चलेछ । लसपस संगै प्रेमी प्रेमीकाको नौटङकी पनि सुरु भएछ । छिमेकीले समाते पछि प्रहरीमा बुझाए छन ।
एकरात प्रहरीको भुईको चिसो खाए पछि उनीहरुको पालो दुवैको विवाह भएको छैन भन्दै विवाह गरेर आए दुवै गुल्मी तिर । आए पछि यता घरमा सौता , उता वुटवलको कोठामा पुर्वपतिको छोरा एक्लै । पुर्वपति कहाँ हुनुन्छ ? भनेर सोध्धा विदेश भन्ने जवाफ आयो । किन श्रीमानलाई घात गरेर परपुरुष गमनमा लाग्नु भयो त ? भन्ने प्रश्नमा माया गर्छु भन्यो क्यारे… यस्तै यस्तै लुतपुते जवाफ आयो ।उनको भनाई अनुसार योजना के देखिन्छ भने यता गुल्मीका मान्छे संग आएको पुर्वपतिलाई थाह नदिने , उ विदेशबाट फर्के पछि सम्वन्ध विच्छेद माग्ने र थप डाढ सेक्ने । उनि आफै भन्छिन उसलाई थाह नदिउँ भनेर मात्र मैले अहिलेको श्रीमानले गरेको हेला विरुद्ध उजुरी वाजुरी नगरीकी हुँ नत्र गरी सक्थे ।
मतलव यता पनि छोड्न मन छैन उता पनि छोड्न मन छैन् । छोरालाई पढाउन शहरमा राखेका ति अभागी श्रीमान कुन मुलकमा असिना पसिना छन वा कति गोता पाएका छन् विचरा । उता बुटवलमा दुधे वालक छोराको विचल्ली छ भने यता आमा चाँहीलाई गुल्मीमा बैशको विपत्ती आई परेको छ । केहि रकम र सर–समान वोकेर गुल्मी तिर आएकी रहिछन । त्यो होउञ्जेल टुङकुलो खाने उनका नव पतिले वियरको वोत्तल पनि हान्न थाले छन र माया दिए छन तर जव सकियो सुरु भयो हेलत्व ।
पुर्वपतिको विदेशको कमाईले गोरी पातली चिटिक्क परेको त्यो मुहारमा हिजो लाली थियो अहिले मलिन छ । जति वेर मेरो अफिसमा वसीन उतिञ्जेल उनको आँशु थामिएन । टिठ लाग्यो र उनकी सौता, ससुरा वुवा संग फोन नम्वर मागेर कुरा गरें । हामीले हेला गरेर पठाएको होईन आफै हिडेकी हुन घर गर्ने भए पठाई दिनुस भने उनिहरुले । मैले जानुस कुटपिट भए मलाई फोन गर्नुस भने । तर उनले मानिन् ।
म जान्न उ लिन नआए सम्म भनेर ढिपी गरिन । मैले भने यो अफिसमा वस्ने कुरा भएन कुनै होटलमा गएर वस्नुस भने । म संग एक सुका पैसा छैन सर भनिन् । त्यसो भए धेरै टढा छैन हिडेर घर जानुस भने । उनल फेरी रुदै भनिन म जान्न सर यहि वस्छु । फसाद पर्यो मलाई । अलि झर्किदै घर जानुस भने । उनले त्यसो भए दुई सय रुपैयाँ दिनुस जान्छु भनिन् । खल्ती छाम्दा ६० रुपैयाँ रहेछ । मेरो पालो शाईन रेसुङ्गा बैकमा गएर पैसा झिकेर २ सय दिई पठाएँ ।
उनलाई पठाए पछि सोचे कतिपय महिला आफ्नै कारणले विग्रेका छन अरु कसैको कारणले होईन । रोएर मात्रै हुन्छ ? व्यवहार ठिक नभए उसैका आँखा अगाडी श्रीमानले अर्की श्रीमति पनि ल्याउन पाउनु पर्दछ । यता पनि ठिक उता पनि ठिक , शाररिक सम्वन्ध दुध र भात भन्दा चिज ठाने पछि उ नविग्रे को विग्रीन्छ त ? विदेशमा दुख गरी गरी श्रीमानले पैसा पठाएकै रहेछन् । यता नाठालाई पोस्न र बुढो बैश धान्न पनि पुगेकै रहेछ । त्यस्तो सम्वन्ध भए पनि नआएको भए हुन्थ्यो ? विचरा त्यो दुधे वालकको विचल्ली भएन अव ? अझ सर म कहाँ जाउँ… ? भन्दै आँशु झार्ने वित्थैमा । हिजो श्रीमानलाई घात गर्दै जवानीको राग मार्दै गर्दा जाने ठाउँबारे सोच्न पर्दैन्थ्यो ?
पछिल्लो चरण यस्ता थुप्रै महिलाहरुले विदेशमा जाने पुरुषहरुलाई नराम्रो संग ढाड सेक्दै आएका छन् । ति मध्येकी एक पात्र हुन गुल्मी आएकी वटौलीकी यि चेली । दुनियाँ संग लसपस गर्ने , अझ दोश्रो विवाह गरेर पनि जाने । अनि गई सके पछि पनि मानो चामल भर्न र लाखौं रकम गोजी भराई गर्न लागाउने काम कुनै महिला अधिकारकर्मीले गर्छ भने यो प्रवृद्धि थप बढ्दै जाने छ ।केहि दिन अघि तम्घासको चिदीचौरमा एउटी महिलाले ठुलो तमासा देखाईन । विहे गरेको छ वर्ष भएको रहेछ । विचरो श्रीमान एकदमै सोझा रहेछन् ।
विपन्न परिवारका ति व्राम्हण युवा चिदीचौरमै डाको छाडेर रुने भएका रहेछन । घरमा एउटी आमा मात्रै तिनै आमा संग पनि संगै वस्दीन भने पछि श्रीमतिका खातीर आमा संग पनि छुट्टाएर राखेका रहेछन् तर श्रीमति लिन गएर घर आएको अर्को दिन फेरी माईता हिडे पछि के मरुन विचरा । गहना चाहिने तर श्रीमान नचाहिने भए पछि लिनु न छोड्नुको अवस्थामा पुगेका उनलाई कठै भन्ने विरलै भए त्यस चिदिीचौरमा तर ति दुख दिने श्रीमतिको आँशु देखेर कठै भन्ने तमाम भए । सुरु मै एउटा तमसा महिलाले पुरुषलाई जे गरेनी हुने उदाहरण देखियो सारा मान्छेका सामु श्रीमानलाई थप्पड मारिन उनकी श्रीमतिले । त्यस पछि आखरै पिच्छे आँशु र कोलाहल ।
घरमा माया नदिने भन्दै १० लाख सम्मको गोजी भराईको कसै मार्फथ एसएमसमा धम्की । ए वावा भए दिने कि नभए दिने ? चरम गरिवीका कारण चारपाँच हजार मासिक तलममा विद्यालयमा निजी श्रोतमा पढाई रहेका मान्छेले कहाँबाट ल्याउन त्यो दश लाख ? सवै श्री सम्पत्ति वेचे पनि दश लाख पुग्दैन भने के गरुन उनि ? श्रीमतिले छाडे पनि आफु बाँच्ने कि नबाँच्ने ? ६-६ वर्ष घर नगरे पछि अर्की विहे गर्न पाउने कि नपाउने ? पछिल्लो चरण ति पात्र सयौं महिला पिडित पुरुषहरुका प्रतिनिधी मुलक पात्र हुन् । कतिपय महिला रोईन भन्दैमा उनि पिडित छिन भनेर सोच्नु गलत हुने छ । आँशुको नौटङकीमा परेर कैयौं पुरुष बेहाल भएका छन ।
हालै घमिरमा विदेशबाट आएका एक युवाकी श्रीमति एक हप्ता नपुग्दै श्रीमानले ल्याएको पैसा र सुन चाँदी कपडा लत्ता लिएर घरबाट वेपत्ता भएको खवर प्राप्त भएको छ । १९ महिना बसेर पठाएको पैसाको समेत हिसाव कितावै छैन । श्रीमति म आएको एक हप्ता नपुदै कहाँ गई थाह भएन भन्दै गला अवरुद्ध पारेर फोन गर्दै थिए ति युवाले ।सायद अव उनकी श्रीमति पनि कहिले आउँछिन र अड्डा अदालतमा आँशु बगाउँदै सम्वन्ध विच्छेद माग्ने हुन । यसर्थ आँखामा आँशु महिलाको मात्रै नहेरौं पुरुष्को भित्रि मनमा वगेका आँशु र चर्केको छाती पनि चिहाउने कोशीस गरौं ।
अन्यथा कतिपय महिलाका लागि विवाह र विच्छेद पेशाका रुपमा मौलाउने छ र पुरुषहरु सडक छाप हुने छन् । अर्को कुरा घरेलुहिंसाको कुरा महिलामा मात्र उठेको छ । कैयौ पुरुषहरु श्रीमतिबाट जथाववाभी पिटिएका छन् । रक्ताम्मे भएर पनि श्रीमतिले कुटी भनेर न्याया खोज्न जान सकेका छैनन् । के पुरुषको ज्यान हैन ? उनिहरुका लागि न्याय दिने कानुन छैन ? जे गरी दिए पनि हुने ? आज भेटिएकी महिलाको कथाले यहि सवाल उव्जीयाो मेरो मनमा ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend