logo
  • शनिबार, भाद्र २० २०८३

नुनाले चेतनलाई मायामा धोका दिएपछि “(भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्जुन खनाल,काठमाडौं चैत्र १५ ।
नेपाली सांगीतिक क्षेत्रमा १ दशक भन्दा बढि समय देखी निरन्तर सक्रीय रहंदै आएका गायक तथा संगीतकार विश्वास नेपालको नयाँ गीत ‘मायाको कारण’ बजारमा आएको छ । नेपाली लोक गीतमा सक्रिय रहंदै आएका विश्वासले पहिलो पटक आधुनिक गीतमा आफ्नो आवाज दिएका हुन् ।

चेतन थापाको शब्द र सङ्गीत रहेको गीत ‘माया को कारण’ माथी बनेको म्युजिक भिडियो पनि भर्खरै सार्वजनिक भएको छ । माया प्रेममा मिलन बिछोडलाई आधार बनाएर निर्माण गरिएको गीतको भिडियोलाई निर्देशक दुर्गा बिरहीले निर्देशन गरेका हुन् । चितवनमा जन्मिएका चेतन थापा सानै देखि गित लेख्न रुचि राख्ने संगित पनि अब्बल तरिकाले गर्ने गर्छन ।नेपालमा बढ्दो बेरोजगारी कारण रोजगारीको कारण साउदीमा कार्यरत गितकार संगितकार चेतन थापाको यो पहिलो गित अर्घादरबार फिल्मसले बजार ब्यबस्थापन गरेको हो ।

बासु बरालको छायांकन रहेको भिडियोमा चेतन थापा र नुना आर्यनको अभिनय देख्न सकिन्छ । अर्घादरवार फिल्मस प्रा.लीले बजार व्यवस्थापन गरेको यो भिडियो अनुप सुवाकोटीको सम्पादनमा बजारमा आएको हो । अर्घाखाँची जन्मिएका गायक हुन विश्वास नेपाल, गायक मात्र नभएर नेपालले दुई सय भन्दा बढी गीतमा सङ्गीत पनि भरि सकेका छन् कोसी कर्णाली भन्ने गीतबाट साङ्गीतिक यात्रा सुरु गरेका उनी हाल सम्म आधा दर्जन गीतमा मोडलको रूपमा पनि देख्न सकिन्छ ।

केही समय अगाडि नेपालले बजारमा ल्याएको हाम्रो प्यारो अर्घाखाँची गीतले नेपाललाई यस क्षेत्रलाई निरन्तरता दिन थप टेवा पुरायो । यस्तै उनीका सगरमाथा डुब्छ, बिर्सु कसरी, मुग्लिङ बजार बोलका गीतहरुले पनि राम्रै चर्चा बटुलेका थिए ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend