साझा नेटवर्क
काठमाडौ चैत्र १४ ।
पछील्लो समय खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान । मेलिडियस स्वरको धनी युसुफको जादुमाय आवाजको कारण कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुती दिएर हजारौलाई मोहित बनाईसकेका छन ।
यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । “युसुफ ” नामक एल्बममा समेटिएको ” तिम्रो नयन” बोलको भिडियोलाई ‘ आर्टिस्ट नेपाल ’ले सार्वजनिक गरेको छ । यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमा प्रदिप जोशीले यस् गीतको संगीत संयोजन गरेका छन ।
भने त्यस्तै म्युजिक भिडियोमा अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा आफ्नो पहिचान बनाईसकेका निर्देशक नव ढुंगेलले निर्देशन गरेका हुन । ढुंगेल “आर्टिस्ट“ म्यागजिक तथा आर्टिस्टनेपाल डटकम का प्रधान सम्पादक हुन । यसै म्युजिक भिडियोमा मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल तथा नायिका अनु शाहले साथ दिएकि छिन् ।
जे एस कृयसन हाउसको ब्युटिफुल वार्डड्रबमा तथा नन्दा अधिकारीको मेकअपमा दुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ । वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहने गायकले आफु जता भएपनी अब निरन्तर संगीतमा रमाउने उनि आफैले थुप्रै गीत लेखीसकेको र अरु गीत पनि चाडै नै बजारमा आउने खानले जानकारी दिए ।
भिडीयो हेर्नुहोस।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend