साझा नेटवर्क
ध्रुब क्षेत्री,कतार ।
बिगत लामो समय देखी हामी कतारमा NRNA कतारका पार्सद छौ । हामीले बारम्बार बिभिन्न समयमा कतारमा समस्यामा परेका नेपालिहरुको आवाज उठाउदै आएता पनि सस्था त्यस प्रती जिम्मेवारी रहेन । दोहा भित्र थुप्रै समस्याहरु छन तर सस्था र दूतावास कुनै पनि समस्यामा गम्भीर नहुनु र राजनिती र ब्यापारीहरुको सस्थामा हाबी हुनुको कारण नेपाली श्रमजीवीहरुले NRNA – NCC कतारबाट कुनै सहयोगको महसुश गर्न पाएका छैनन । कतारमा बिभिन्न समस्यामा परेका मजदुरहरु कोहि अस्पतालमा अलपत्र छन, कोहि जेल भित्र निर्दोश भएर पनि अलपत्र छन त कोहि ५० डिग्रिको गर्मिमा काम गरेर ज्याला नपाएर अलपत्र परेका छन् भने केहि मरेका लाश हाल सम्म अस्पतालमा आफन्तको पर्खाइमा छन् ।
लाल भट्टका अनुसार, हामिले बुझ्न नसकेको कुरा NRNA -Ncc कतारमा पैसा वाला , ब्यापारी र राजनीति हाबी भएकाले हो वा दुताबाश र सस्थाको समन्वय नभएर वा सरकार सम्म पौच नभएर वा सरकार अरबका मजदुर प्रति अनविज्ञ भएर हो, यी यावत समस्याहरु कैले नि समधान भएनन् । येही समस्यालाइ ध्यानमा राखेर आफुहरुले आउने पार्सद भेलामा कडा कदम चाल्ने नयाँ शक्ती कतारका संगठन बिभाग प्रमुख समेत रहेका लाल भट्टले बताउनु भएको छ । हामीहरुले अबको NRNA -Ncc कतारको गरिमामय पदहरुमा सामाजिक सस्थाका इमान्दार र स्वछ छबिका ब्याक्तित्वहरुलाइ समर्थन गर्दै राजनितीक ,ब्यापारीक , भ्रष्टाचार मुक्त समाज निर्माण गर्न बिशेष भुकम्प सहितको पेलान्टिक गोल गर्न्ने तर्फ लागेको बताउनु भयो ।
समाजमा कहि कतै कसैले जिम्मेवारी नदेखाएका कारण अब नयासक्ति कतारले ठोस कदम चाल्ने बताउदै उहाले थप्नु भयो, हामिले राजनीतिक मुक्त समाज निर्माणको लागी र सबै मजदुरको पौचमा NRNA -ncc कतारलाई पुर्याउन पार्सद सदस्य शुल्क घटाउन हाम्रो बिशेष पहल रहने र त्यहाँ भित्र बिबादास्पद भ्रष्टाचारको बिषय उठाँन हुने छ। यस पाली उम्मेद्बार जो सुकै भए पनि सामाजिक सस्था र गैरराजनीतिक ब्याक्तित्व प्रति नरम देखिएका भट्टले आफ्नो संगठनको समर्थन सामाजिक सस्था प्रति रहने किसिमको घुमाउरो संदेश दिदै भ्रष्टाचार, गैरराजनीतिक र गैरजिम्मेवारी नेतृत्वबाट NRNA -ncc कतार लाई मुक्त पार्न पहल कदमी गर्ने बताउदै “हाम्रो भन्दा पनि राम्रो” बेक्तित्वलाइ सस्थाको नेतृत्व सुम्पने अभियानमा सम्पुर्ण संघ सस्थाले सहयोग गर्ने अपेक्षा गर्दै परिवर्तनको लागी परिवर्तनका पक्षधर एक हुनु पर्ने र यसको लागि सबै संघ- सस्थामा सदभाब पूर्ण सहकार्यको लागि आग्रह गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend