एम. पि. पोखरेल ।
रात रहे अभ्राख पलाउँछ या भनौँ भने पर्खेर बसे धेरै कुरा हुनसक्छ किँबदन्ती पनि सजिलोकै लागी बनाईँदो रहेछ। तर पर्खेर बस्ने हो भने केहि नपलाउन पनि सक्छ या पलाउन पनि सक्छ। आजको युगमा मानिस बिरलै भेटिन्छ जो पर्खन सक्ने या त्यती हदसम्मको पर्खाई थेग्न सक्ने।
सुनिश्चीत रुपमा शुरक्षीत बाटो अपनाउन चाहन्छ मान्छे। अशुरक्षती र अलिकती खतरा मोल्न हामी आँफै चाहँदैनौ र रोज्छौँ सेफ जोन । तर ,सेफ जोनमा बसेर रिस्ष्क उठाईरहेकाहरुलाई औँला ठड्याउन भने हामि पछी हट्दैनौँ।
आज हाम्रो समाजमा छोरा छोरीलाई पाईलट डक्टर बनाने लक्ष राख्ने अबिभाबक भेटिन्छन तर आफ्नो घरबाट एउटा राम्रो देश बनाउने नेता बनोस भन्ने चाहँदैनौँ अनि हामी भन्छौँ देश नेताले बिगार्यो।
यस सन्धर्बमा मैले पत्रकार रबिद्र मिश्रको कुरा जोड्न गैरहेको छु जहाँ रबिन्द्र मिश्रको कदम प्रति जति नै औँला उठाए पनि उन्लाई पछ्याउनेहरु आज लाखौँ लाख भएक छन र त्यसै सिलसिलामा मिश्रको मिश्रणमा मिसिँदै कतारबासी गैरआबासिय युबाहरुले सद्भाब समुह दोहा गठन गरका छन
बिद्यमान कारबाही हिनता र अपारदर्षी राजनैतिक तुवाँलोको अन्धकारमा रबिन्द्र मिश्रा नाम नै पनि काफी छन जस्को नेपाली हर बर्गका आम जनसमुदायलाइले पछ्याउन। मिश्रले प्रस्ताब गरेका साझा सद्भाव पार्टी आधिकारीक रुपमा रुप नलिँदै लाखौँ जनता एस्मा घनिभुत भईसकेका छन हुँदै छन।
एसै क्रममा कतारमा रहेका युबाहरुको गत सुक्रबार बसेको भेलाले राजन सापकोटा सँयजक रहेको एक तदर्थ समिती गठन गरि साझा सद्भाब समुहको दोहा सँगठन बिस्तार गरेको छ । गत सुक्रबार दोहामा आयोजित भेलालाई सँबोधन गर्दै सँयोञ्जक सापकोटाले बर्तमान देशको अबस्था र युबा पुस्ताको जिम्मेबारी अनि प्रबासमा रहाँदा साथै घरदेशमा रहँदा आफुहरुले खेल्न सक्ने भुमिका माथि बिचार प्रस्तुत गरेका थिए ।
उसै भेलाबाट २५ सदस्य रहेको दोहा सद्भाब समुह को तदर्थ समिती चयन गरि सद्भाब शमुहको काठमाण्डौ कार्यलयलाई जानाकारी गराएको थियो भने सद्भाब समुहको आधिकारी मिडिया बाट एस्लाई सार्बजनिक पनि गरिएको थियो।
कार्यक्रममा पत्रकार एम पि पोखरेल काभ्रे सँपर्क समिती कतारका अध्यक्ष नन्दप्रसाद ढुगना लगाएतको उपस्थीती रहेको थियो। हामी ब्याक्तीको पछि लागेर होईन बिचारको दृणताको अनि सरलताको र सद्भाबको बाटोबाट अगाडी बडेको कुरा आयोजकहरुले राखेका थिए ।
साझा पार्टिको बड्दो लोकप्रियता सँगै बिदेशमा पनि एस्को ब्यापक रुपमा साँगठनीक समुहहरु भने बनेका छन मनन योग्य कुरा त यो छ कि गाँउ गाँउमा एस्को प्रत्यक दिन बन्दै गएका समुहहरु आँफैमा स्वत स्फुर्त गठित समुहहरु हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend