logo
  • शनिबार, साउन ३० २०८३

तरुण दल क्षेत्रिय सभापतिमा थापा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार गुल्मी, जेठ २२।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको प्रथम क्षेत्रिय अधिवेशनले तम्घासको उदिनढुङ्गाका ३४ वर्षय सन्तबहादुर थापा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
DSC_0022
आज गुल्मीको विरवासमा भएको २ नम्वर क्षेत्रिय अधिवेशनले थापालाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा हर्दिनेटाका प्रेमबहादुर वुचा, सचिवमा थानापतिका सुदिप ज्ञवाली , सह–सचिवमा दिगामका हरिप्रसाद कँडेल र कोषाध्यक्षमा गौडाकोटका नविन कार्की निर्वाचित भएका छन् ।

सदस्यहरुमा रेसुङ्गा नगरपालिका ४ का कृष्णबहादुर दर्लामा , दौघाका रामबहादुर ज्ञवाली, विरवासका नारायण ढेंगा, रेसुङ्गा ४ का विरेन्द्र श्रेष्ठ, विरवासका शिवलाल टण्डन र दरवार देविस्थानका ईन्द्रबहादुर थापा निर्वाचित भएको निर्वाचन अधिकृत विष्णु वलालले जानकारी दिए ।

नव निर्वाचित कार्य समितलाई नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, र सचिव खिलध्वज पन्थीले शपथ खुवाएका थिए । सञ्चारकर्मी संग छोटो प्रतिकृया दिदै पार्टीले दिएको यो जिम्मेवारीलाई अवसरका रुपमा लिदै आफुले नेपाली कांग्रेसको झण्डा फर्फराउने गरी संगठन निर्माण गर्ने नव निर्वाचित अध्यक्ष थापाले बताए ।

‘एमाले परित्याग गरी कांग्रेसमा प्रवेश’
यसै विच तरुण दलको सोही कार्यक्रममा नेपाली कांग्रेसले नेकपा एमाले पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको बताएको छ । तरुण दलका जिल्ला अध्यक्ष भरत भलामीले दिएको जानकारी अनुसार नेकपा एमले परित्याग गरी २५ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्ने हर्दिनेटा ८ का खिममाया वुचा, कमला बिक, सिता बिक, मनकली सुनार , पार्वती बिक, मिना बुचा, धनबहादुर परियार, उजेली परियार, सिता परियार, राधा नेपाली, पुष्पा नेपाली, शान्ति परियार , सितल बिक, सुनिता नेपाली रहेका छन् ।

त्यस्तै विरवास ४ बाट हर्क राना, केशव सोमै, राजु सोमै, विष्णु सोमै, सविर बिक, शेखर सनानी, यमबहादुर राना, दुर्गा डम्वरपाल , शिवकुमार वलाल र लालबहादुर बलाल र हस्तीचौर युथफोर्शका उपाध्याक्ष विष्णु कुँवर पनि पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले उनिहरु नेकपा एमालेबाट पार्टी प्रवेश गरेको बताए पनि एमालले उनिहरु आफ्नो पार्टीको कार्यकर्ता भए नभएको पुष्टी भने गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend