logo
  • शनिबार, भाद्र २० २०८३

नया शक्ति कतारको सनैया क्षेत्रीय अधिबेसन सम्पन्न अध्यक्षमा :अब्दुल मिया


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री ,दोहा कतार
आर्थिक सम्बृदिमा हाम्रो हाम्रो साथ् विदेशका हरेक मजदुर को मनमा नया शक्ति भन्ने नारा दिदै ,अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सनैया क्षेत्रीय समितिको प्रथम अधिबेशन हिजो मार्च १० मा सनैया को लेबर सिटीमा भव्यताका साथ सम्पन्न भएको छ । नया सक्ति कतार का संयोजक बि बि खरालको प्रमुख अतिथ्य,जनजाति बिभाग संयोजक दिलिप लोप्चनको सभापतित्व र महासचिब महामुद कार्की ले सन्चालन गर्नु भएको भेलामा संगठनका सहसंयोजक लाल भट्ट ,प्रवक्ता ध्रुब क्षेत्री ,कोसाद्क्ष्य देब परियार,मुस्लिम बिभाग संयोजक इब्राहिम मिया,दलित बिभाग संयोजक क्रिस्ण परियार,युवा बिभाग संयोजक होम उप्रेती,ओक्रा क्षेत्र संयोजक रामजी सुबेदी,अलखोर क्षेत्र संयोजक निमा लामा,सस्थापक अभियन्ताहरु सन्तोष बस्नेत,सतिश बाबु पाठक,राजु पुडासैनी,लगाएत को उपस्थिति थियो ।अधिबेशन बाट अब्दुल करिम मिया को अध्यक्षतामा केहि पधादिकारी पसी थप्ने गरि ३१ सदस्य कार्य समिति निर्बाचित भएको छ। प्रमुख अतिथि बि बि खराल ले कतार मा नयासक्ति आफ्नो संगठन बिस्तार मा मात्र नभएर यहाका गरिब र निमुखा मजदुर को हक र हित मा लागि रहेको ले निर्बाचित सनैया क्षेत्र को कार्यसमितिले यस कार्यमा सयोग गर्न आग्रह गर्नु भयो साथै उहाले नवनिर्बाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै,निबर्तमान संयोजक पुष्प राज भण्डारी लगायत सम्पूर्ण निबर्तमान कार्यसमितिलाइ अधिबेशन सफल गरी नब(निर्बाचित कार्यसमितिलाई कार्यभार हस्तानान्तरण गर्न सफल भएकोमा नयासक्ति कतारको तर्फ बाट बधाई तथा धन्यबाद व्यक्त गर्नु भएको थियो। भेलामा संगठन का सहसंयोजक लाल भट्ट र प्रवक्ता ध्रुब क्षेत्री ले शुभकामना मन्तब्य राख्नु भएको थियो ।उक्त भेलामा कांग्रेश,एमाले र मावोबादी लगाएत भिभिन्न पाटि परित्याग गरि २६ जना बेक्तित्वहरु नया  शक्ति कतार को संगठनामा आबद्द भएको जनाएका छन साथै भेला भाट नयासक्ति कतार ले नवलपरासी दुम्की बाश गाउ बिकाश समिति वार्ड न २ बस्ने बोन केन्सर बाट पिडित र थप उपचारको लागि भारत लैजानु पर्ने  बताए ।आर्थिक अबस्था कम्जोर रही आर्थिक सहयोगको याचना गरि रहेका बेल बहादुर परियार का ३२ बर्सिय छोरा को उपचार मा काठमान्डौको प्रभु फ़ाइनायेन्श कम्पनि लिमिटेडमा रहेको बिरामी रबिन्द्र परियार को खाता लय ९०१० AZQ ११५५० रकम राखेर सयोग गरिदिन वा सहयोग को लागि मुबाइल न ००९७७ (९८६७४९०८९४ मा सम्पर्क गर्न समेत देश विदेश मा रहेका सम्पुर्ण नेपालि जनमा आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend