logo
  • शनिबार, भाद्र २० २०८३

१० मार्चमा भनिएको मुस्लिम समाजको अधिवेशन ३१ मार्चमा हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, कतार ।
विभिन्न पेसा र व्यवसाय गरेर कतारलाइ कर्म भुमि बनाएका इस्लाम धर्ममा आस्थावान नेपाली मुस्लिम समाजले एक बिज्ञप्ति निकालेर आफ्नो अधिबेसन १० मार्चमा गर्ने भनिएको तर केहि अन्तरिक तयारी पुरा नभएकाले केहिदिन पर सारी आगामी ३१ मार्चका दिन भव्यताका सफल बनाउने जनाएको छ ।

आयोजक कमिटीका प्रबक्ता हजरत अलि खान द्वारा निकालिएको बिज्ञप्तिमा भनिएको छ । नेपालबाट आउने प्रमुख अतिथी र बिशेष अतिथिहरुको समय र आन्तरिक कार्यक्रम साथै अधिबेसन हुने हल ब्यबस्थापन सम्बन्धि केहि समस्याका कारण १० मार्च मा भनिएको अधिबेशन केहि दिनपछि सारिएको जानकारी गराउछौ ।

यसका साथै अधिबेसन निर्वाचन कमिटिले पनि अधिबेशन सारिएका कारण उम्मेद्बारी दिने मिति र सदस्यता नवीकरण समयलाइ केहि दिन पर सारी २४ मार्च सम्म तय गरेको कुरा निर्वाचन समितिका संयोजक महम्मद हुसेन खानले जानकारी गराउनु भएको छ ।

आयोजक कमिटिले सम्पूर्णमा पर्न गएको असुविधा प्रति क्षमा प्राथी हुदै आगामी ३१ मार्चमा हुने भेलालाइ सभ्य र भब्य तरिकामा सफल बनाउन सम्पूर्ण कतार बाशी नेपाली मुस्लिम महानु भाबहरुमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend