साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा फागुन २३ ।
नेपाली महिला समाज कतारले १०७ औ अन्तराष्ट्रिय महिला दिवस मनाउने तयारीको अन्तिम चरणमा पुगेको छ । महिला समाजकी अध्यक्ष सुस्मिता भुसालका अनुसार सम्पूर्ण कार्यक्रमका लागी सम्पूर्ण सामाजिक संघसस्थाहरु लगाएत कतारमा स्थापित अन्य विभिन्न संगठनहरुलाई समेत पत्राचार गरिएको जानकारी दिएकी छिन् ।
१०७ औ अन्तराष्ट्रिय महिला दिवस मनाउने क्रममा रहेको महिला समाज “परिवर्तनका लागी साहस” भन्ने नाराका साथ कतारमा स्थापित महिला दिदीबहिनीहरुको एक मात्र सस्था हो । विगतमा जस्तै यसपाली पनि कतारमा रहेका दिदिबहिहरुलाई समेट्दै आफ्नो आवाजलाई समाज र राष्ट्र सम्म पुर्याउदै महिला दिदीबहिनीहरुलाई जगरुक बनाउने समाजको लक्ष्य छ ।
नेपाली महिला समाज कतारले यहाँ रहेका हरेक गितिबिधिहरुमा स्थापित सामाजिक संघसस्था लगाएत बर्गीय, जातीय सास्कृतिक सबै संघ संगठनहरुसंग सहकार्य गर्दै आएको छ । खास गरि महिला दिदीबहिनीहरुको हकहित र अधिकारको लागी स्थापाना भएको यस समाजले नेपाली सस्कृति र परम्परालाई पनि मौलिक रुपमा मनाउदै आएको छ । यसरी आफ्नो परम्परालाई जीवन्त राख्दै कतारमा रहेका दिदीबहिनीहरुलाई घरपरिवार र मुलकबाट टाढा रहेपनि समाजसंगको परिभेसले नेपालीपन र परिवारको जस्तो वातारण सिर्जना गर्ने आसा राखेको छ ।
कार्यक्रम १० मार्च २०१७ का दिन दोहा कतारमा रहेको ढाका रेष्टुरेन्टको सभा हलमा दिनको २ बजे देखि हुने भएको छ । सम्पूर्ण अतिथिहरुलाई पत्राचार गरिएको भए पनि यदि कुनै कारण बस निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानि कार्यक्रम उपस्थिति भई दिनु हुन सम्पूर्ण महानुभावहरुलाई महिला समाज कतार हार्दिक अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend