logo
  • शनिबार, साउन ३० २०८३

सञ्चार माध्यमले जुटायो अग्नी पिडितहरुलाई झण्डै डेढ करोड


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ २२।
गत बैशाख १८ गते गुल्मीको बडागाउँ १ , २ र ३ मा भएको विनाशकारी आगोलागीको खवर यहाँका पत्रकारहरुले स्थानिय र राष्ट्रिय सञ्चार माध्यममा निरन्तर प्रवाह गरेपछि देश विदेशबाट त्यहाँका अग्नी पिडितहरुलाई हाल सम्म झण्डै डेढ करोड नगद र त्यसको तेव्वर मुल्य वरावरको नगद सहयोग भएको छ ।
20160603_173013
यो समाचार तयार पार्ने वेला सम्म १ करोड ४४ लाख ६९ हजार ८ सय १० रुपैयाँ नगद सहयोग जुटेको त्यस राहत तथा संकलन समितिका अध्यक्ष रहेका बडागाउँ गाविस सचिव यमकान्त पौड्यालले जानकारी दिए ।

स्थानियवासी समेत रहेका समितिका सदस्य हरिप्रसाद छन्त्यालले भने–‘ जसरी आगालागीको घटना अकल्पनीय थियो त्यसरी नै सहयोग पनि अकल्पनिय भयो , यस प्रति हार्मी , यहाँका पत्रकार, स्थानिय तथा राष्ट्रिय सञ्चार माध्य र सहयोगदाता तथा यस कार्यमा लागि पर्ने सवै प्रति कृतज्ञता जाहेर गर्दछौं ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले सहयोगदाता सवैलाई सम्मान पत्र हस्तान्तरण गर्दै जिल्लावासीको तर्फबाट देश विदेशमा रहेको सहयोगदाताहरु प्रति आभार प्रकट गरेका छन् ।

सामजिक सञ्जालले नै जुटायो झण्डै २५ लाख

स्थानिय र राष्ट्रिय सञ्चार माध्यमको प्रभावले मात्र नभई व्यक्तिगत रुपमा प्रयोग गरिएको सामाजिक सञ्जालकै प्रभावबाट गुल्मी कुर्घाका एक व्यक्तिले झण्डै २५ लाख नगद संकलन गरेर बडागाउँका अग्नी पिडितहरुलाई हस्तान्तरण गरेका छन् ।

सामाजिक सञ्जालमा हेल्प टु दजाकोट कुर्घा अभियान जारी गरी स्थानिय सञ्चारकर्मी समेत रहेका कुर्घा भुवाचिदीका रविलाल पौड्यालले देश विदेशबाट २४ लाख ६७ रुपैयाँ संकलन गरेर त्यस अभियानका संयोजक तथा उनलाई सहयोग पुराउने कुर्घाका समाज सेवीहरुले दजाकोटको राहत तथा संकलन समितिलाई शुक्रवार एक समारोहका विच हस्तान्तरण गरेका छन् ।

संयोजक पौड्यालले भने –‘ त्यस दजाकोटको आगोलागीको सुरुको दृश्य देखि त्यसबाट पिडित बनेका त्याहाँका वासीन्दाहरुको विचल्लीको भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गरे पछि देश विदेशमा रहेका कुर्घा र छिमेकी गाविसका वासिन्दाहरुबाट सहयोगको ओईरो नै लाग्यो । उनले दिएको जानकारी अनुसार हेल्प टु दजाकोट कुर्घा अभियान अन्तरगत कुर्घा वडा नम्वर –५ बाट १ लाख ५५ हजार ९ सय ५० सहयोग भएको छ ।

त्यस्तै मेश सञ्चालन खर्च ५२ हजार ४ सय ७५ , वडा नम्वर ६ बाट १२ हजार ७ सय ५० , वडा नम्वर–७ बाट ३२ हजार ७ सय २५ , वडा नम्वर –८ बाट ४२ हजार ४ सय ५९ , वडा नम्वर– ९ बाट ५५ हजार ३ सय १० नगद संकलन भएको थियो ।
उक्त रकम हस्तान्तरण गर्न संयोजक पौड्याल सहित वडा नम्वर ९ वडा नागरिक मञ्चका संयोजक जंगबहादुर रायमाझी, वडा नम्वर ७ का संयोजक खिम खड्का, वडा नम्वर ८ का संयोजक चित्रबहादुर रायमाझी, वडा नम्वर ६ का संयोजक प्रेमबहादुर रायमाझी, वडा नम्वर ५ का संयोजक रुमकला शर्मा लगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend