logo
  • शनिबार, भाद्र २० २०८३

मुत्यु भएका श्रीमानसंग अझै फोनमा बोल्छीन उनि


  • प्रेम सुनार
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी फागुन १३ ।
उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् । चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो र काज किरियाको ८ दिनमा कसैले श्रीमानको स्मरण गराई दिए पछि उनको मानसिक सन्तुलन गुमेको थियो । अहिले चार वर्ष सम्म पनि उनको होस् खुलेको छैन् । काज किरियाको कुनो भित्रैबाट पति वियोगको पिडाले मानसिक सन्तुलन गुमाउने महिला विरलै होलान् ।
ति विरलै मध्येकी एक हुन् गुल्मीको भनभने गाविस वडा नम्वर १ की २८ वर्षिया कमली बिक । उनि १८ वर्षकी हुँदा गुल्मीकै वाग्ला गाविसका वावुराम बिश्वकर्मा संग मागी विवाह भएको थियो । विवाह लगत्तै भारतमा श्रीमान श्रीमति संगै वसे । एक छोरा र एक छोरी पनि जन्मीए । निकै सुखत दाम्पत्य जिवन व्यतित गरी रहेको वेला उनका श्रीमान वावुरामको २०७० सालमा सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको थियो । तर उनलाई पत्यार लागेन । श्रीमानको मृत्युमा एक थोपा आँशु नखसाएकी कमलीलाई काज किरियामा वसेको पनि होस् भएन् ।

८ दिनका दिन कसैले उनको श्रीमानको केहि वेर स्मरण के गरेका थिए , उनी हाँस्ने चिच्चाउने गर्दा गर्दै मानसिक सन्तुलन गुमाईन । उनकी आमा बुद्ध बिक भन्छिन–‘त्यस पछि उनलाई माईती घरमा ल्या्एर राखिएको हो । माईती घरमा ल्याए पनि उनी धेरै जसो छिमेकी गाउँ पुर्कोटदह वजार तर्फ धेरै जसो जाने गर्थिन् । त्यस क्रमा उनलाई कसले वलात्कार ग¥यो र उनले गर्भधारण गरिन भन्ने कुरा कसैलाई थाह छैन् । उनि आफैलाई पनि थाह छैन् । उनले गत कार्तिक महिनामा छोरी जन्माएकी थिईन् ।’ ति छोरी कसकी हुन भनेर सोध्धा उनले लजाउँदै भन्छिन–‘कसको हुनु नि मेरै श्रीमानको हो ।’

ति छोरीलाई कसैको काँखमा जान दिदै दिदैनन् । हरवखत आफ्नै काँखमा राख्दै र चुम्दै गर्ने उनले हरवखत श्रीमान संग एकहोरो गफ गर्ने गरेको उनका परिवारजन बताउउछन् । मोवाईल फोन उनको साथमा छैन तर कुनै ढुङ्गा वा काठको टुक्रालाई फोन बनाउँदै कानमा राखेर मोवाईलमा श्रीमान भारतमा छँदा र आफु गाउँमा हुँदा जसरी कुरा गर्दथिन त्यसरी नै कुराकानी गर्नु नै उनको दिन कटाउने माध्यम बनेको उनकी वहिनी बताउछिन् ।

हरवखत उनको मन–मस्तीष्कमा श्रीमान रहनुले उनलाई जो जसले करणी ग¥यो त्यसलाई पनि उनै श्रीमान नै ठानेको हुन सक्ने स्थानियले अडकल काट्ने गरेका छन् । स्थानियले त्यस्तो अडकल काटे पनि उनलाई करणी गर्ने व्यक्तिको पहिचान अहिले सम्म गर्न नसेके पछि ति सन्तान वेवरिसे बन्न पुगेकी छिन् । मृत्यु भएका श्रीमान तर्फ ८ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।

कानमा राख्ने मोवाईल फोन आकृतिको काठ ढुङ्गा कति वेला ला वुवा संग वोल भन्दै छोरा छोरीलाई दिएको वखत परिवारजन भावुक बन्ने गरेको बताउँ छन् । अकल्पनिय रुपमा सडक दुर्घनामा परी मृत्यु भएका उनका श्रीमान प्रति उनको कति माया र कलेस रहेछ भन्ने कुरा मानसिक सन्तुलन विग्रे पनि मोवाईल फोन कुराकारीले स्पष्ट पारेको छ । उनको घर अलिमाथी भनभने ८ टिमुर्खकमा चन्दा मागेर छोरीले आमाको काज किरिया गरी रहेको स्थलगत रिर्पोट लिन जाँदा तल ति युवतीको अवस्था त्यतिकै दर्दनाक थियो ।

फोन रुपी ढुङ्गा काठ कानमा लगाएर मृत्यु भएका श्रीमानलाई न ढाँट्नु के छिटो आउनु कस्तो अस्याट ला’छ भन्दा अहिले चर्चामा आएको गीत सुन साईली , प्रदेशबाट म आउँला चालिस कटेसी रमाउँला बोलको गीत यसरी गुनगुनाउन मन लाग्छ।

सुन साईली सुन साईली अर्को जुनी भेटौला, फेरी त्यसरी नै रमाउँला………
सुन साईली दियोमा तेल हुुरुरु, मलाई सम्झी नरुनु………….

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend