साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी फागुन १२।
जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मी र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा जनचेतना मुलक र्याली सम्पन्न भएको छ । एक महिने कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।
सोहि कार्यक्रम अनुसार सदरमुकाम तमघासमा आयोडिनको कमीले हुने विकृति तथा स्वास्थ्य समस्याहरु नियन्त्रणका लागि जनचेतना जगाउने उद्देश्यले दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुनको प्रयोग गरौं, गराऔं भन्ने अभियानका साथ र्याली सम्पन्न भएको छ ।
आयोडिनको कमीले हुने गलगाँड र गम्भिर रुपले अविकसीत शारीरिक तथा मानसिक रुपको क्रेटिनीजम भनिने लाटो लठ्यौरोको समस्यालाई हटाउनको लागि र गर्वभती महिलाहरुमा गर्भ तुहिने गर्भमै बच्चाको मृत्यु हुने जस्ता जटिल समस्याहरुबाट मुक्त हुनको लागि फेबु्रअरी महिनाभर आयोडिन महिनाको रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम छ ।
पहिलो हप्ता प्रचारप्रसार, दोस्रो हप्ता र्याली तेस्रो हप्ता शिक्षा मुलक कार्यक्रम र चौथो हप्ता प्रयोगात्मक प्रद्धर्शनी हुने सुआहारा कार्यक्रमका संयोजक ज्ञानदिप आचार्यले बताए ।
¥यालीलाई जिल्ला जनस्वास्थ्य प्रमुख रामजी बानीयाँ, पोषण स्रोत व्यक्ति महेश श्रेष्ठ र सुआहारा कार्यक्रमका जिल्ला संयोजक आचार्यले सम्बोधन गर्नुभएको थियो । ¥यालीले बजार परिक्रमा गरेपछि सभामा परिणत भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend