साझा नेटवर्क
गोविन्द भण्डारी, अछाम फागुन ८।
साक्षर सम्वृद्ध समाज सिंहासैनको अभियान पुर्ण खोप यूक्त गाबिस हाम्रो अभियान भन्ने नाराका साथ शनिबार सिंहासैन गाबिसलाई पुर्ण खोप र साक्षर गाबिस घोषणा गरीएको छ ।
गाबिस सचीब चेतन केसीको अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथी दैलेखका साहयक जिल्ला अधीकारी हेम ढकालको प्रमुख अतिथी रहनु भएको थियो । जिल्ला स्वास्थ्य कार्यलयका खोप सुपरभाईजर थिर प्रसाद रेग्मी, नेपाली कांग्रेश दैलेखका जिल्ला कार्यसमीती सचिब भुपेन्द्र शाही, एमाले जिल्ला कमिटी सदस्य धिर ब. शाही बिशिष्ट अतीथि रहनु भएको थियो ।
त्यसैगरी अतीथीहरुमा एमालेका जिल्ला सदस्य हितराम बि.क., नेपाली काग्रेसका क्षेत्रीय सचिब खकेन्द्र ब. शाही राप्रपाका क्षेत्रीय उपाध्यक्ष जमन ब. शाही एमालेका ईलाका सदस्य राज ब. महतारा लगाएत रहनुभएको थियो । साथै कार्यक्रममा कलाकारहरु सपना शाही, जनक कार्की, गणेश शाही, बिरेन्द्र शाही लगाएतको प्रस्रतुति रहेको थियो ।
कार्यक्रममा बोल्ने सहभागीहरुले गाबिस घोषणामा मात्र सीमित नराखी सबैले एकिबद्ध हुनु पर्ने र सिंहासैन गाबिस प्रगतीको पथमा लम्किएकोमा प्रसंसा समेत गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend