logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा पूँजीगत खर्च ४१ प्रतिशत


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी फागुन ८ ।
गुल्मी जिल्लामा आर्थिक वर्ष ०७३/०७४मा पूँजीगत खर्च ४१ प्रतिशत भएको छ । यस आर्थिक वर्षको ७ महिनामा जिल्लामा गुल्मी पूँजीगत खर्च ४१ प्रतिशत भएको हो । कुल बजेट रु १ अर्व ९ करोड मध्ये हालसम्म ४५ करोड खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख शशिन्द्र खातीले जानकारी दिए ।

गत वर्ष यो अवधि सम्म केवल रु १४ करोड मात्र खर्च भएको थियो । यस वर्ष तम्घास सिमलटारी प्युठान सडक आयोजनाको सवै भन्दा वढी ४९ प्रतिशत खर्च गरेको छ । सवै भन्दा कम सिचाई विकास डिभिजन कार्यालयले १२ प्रतिशत मात्र खर्च गरेको पाइएको कोष नियन्त्रक खातीले जानकारी दिए ।

चालु तर्फ भने कुल बजेटको ५१ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा पूँजीगत खर्च उल्लेखनिय रुपमा बद्धि भएको प्रमुख कोष नियन्त्रक खातीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend