logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा सिद्धार्थ डेपलप्मेण्टको कारोवार सुरु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी फागुन ७।
गुल्मीको तम्घासमा आज देखि सिद्धार्थ डेवलप्मेण्ट बैंकले कारोवार सुरु गरेको छ । नेपाल सरकारको लगानी रहेको र देशकै दोश्रो पुरानो बैंकका रुमा रहेको शिद्धार्थ बैंकले आज भव्य समारोहका विच तम्घासको मिलन चोकमा उद्घाटन गरी कारोवार सुरु गरेको हो ।

शिद्धार्थ बैंकको गुल्मीका वयोबृद्ध नागरिक तिलकराम भण्डारीबाट उद्घाटन गराईएको थियो भने एटिएम शाईन रेसुङ्गा डेपलप्मेण्टका अध्यक्ष राजेन्द्रपसाद श्रेष्ठ र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्धारा उद्घाटन गराईएको थियो ।
उद्घाटन सत्रलाई सम्वोधन गर्दै उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले ग्रामिण भेग सम्मका सर्व साधरणहरुलाई सहज बैंककिङ्ग सुविधा पुराउनका लागि गुल्मीमा शिद्धार्थ बैंकको ३५ औं शाखाका रुपमा गुल्मीमा स्थापना गरिएको बताए ।

उनले शहर वजारका मात्र जग्गा धितो राखेर बैंकहरुले ऋण उपलव्ध गराउँदै आएकोमा अव शिद्धार्थ बैंकले गाउँका कृषक र विपन्न वर्गका जमिनहरु प्नि धितोमा राखेर ऋण उपलव्ध गराउने र त्यसबाट उनिहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको बताए । शिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले वुटवलबाट सुरु गरिएको शिद्धार्थ विकास बैंक आज अधिराज्यभर विस्तार भएको, नेपाल सरकारको लगानी रहेको र नेपालको दोश्रो पुरानो विकास बैंक भएकोले ढुक्क भएर यस बैंकमा कारोवार गर्न आग्रह गरे ।

उनले शिद्धार्थ विकास बैंक बुटवलको प्रत्येक वजारमा २० मिटको अन्तरमा रहेको र गुल्मीमा पनि यस बैंक गाउँ गाउँमा शाखा माग बढ्दै जाने विश्वास व्यक्त गरे । अव छिट्टै २ अर्व ५० करोडको कारोवार गर्ने लक्ष्य लिईएकोपुराउनु र नेपालको बेरोजगारी समस्यालाई समधान गनु नैं शिद्धार्थ विकास बैंकको मुख्य उद्देश्य रहेको बताए ।

यस अघि तम्घास मिलनचोकको जयराम हार्डवेयर रहेको भवनमा शिद्धार्थ विकास बैंक सञ्चालनमा ल्याईएको छ । उक्त बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम मार्फत दलित र अन्य समुदायका विपन्न वर्गका महिला पुरुषहरुले स सानो व्यवसाय गर्न चाहे बैंकले लगानी गर्ने तम्घास शाखा प्रमुख वावुराम लम्सालले जानकारी दिए ।

गुल्मी शाखा स्थापनाका संस्थापक शेयर श्यामकुमार पाण्डेयले शिद्धार्थ बैंक गुल्मी आउनु नै सवै वर्ग समुयादका लागि शौभाग्यको विषय भएको बताए । कार्यक्रमा शाईन रेसुङ्गा विकास बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ , गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न राजनैतिक दल , समाज सेवी उद्योगी व्यवसायी र पत्रकारहरुकोा विशेष आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा शिद्धार्थ विकास बैंकका सञ्चालक मिलनकुमार कार्की , बद्री खनाल , रतनलाल अग्रवाल , खेमराज पन्त लगायतको टोली आएको थियो । उक्त बैंकका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौड्यालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend