logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली महिला समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा भूषाल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, कतार फागुन ७।
नेपाली महिला समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाली महिलाको चाहाना, एकता र सहयोगमा विशुद्ध सामाजिक भावना मुल नारा लेखिएको व्यानर उद्घाटन र द्धिप प्रज्वलन गरी विधिवत रुपमा कार्यक्रम अगाडी बढेको थियो ।
यस कार्यक्रमको अध्यक्ष रेखा राई, प्रमुख अतिथि गैर आवासिय नेपाली संघका अध्यक्ष विनेश तामाङ्ग, रहनु भएको थियो । कार्यक्रम संचालक यसै समाजका सचिव जानुका बस्नेतको रहेको थियो भने स्वागत मन्तव्य समाजका प्रथम उपाध्यक्ष अमिना खानले हलमा उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो ।

अतिथिरुमा विभिन्न वैचारिक संस्थाका पदाधिकारीहरु जनप्रगतिशिल मञ्च केन्द्र मोहन केसी, नेपाली प्रवासी मञ्च रामहरि गैरे, कतार नेपाली एकता समाजका धन बहादुर परियार,जनसम्पर्क समितिका अब्दुल हफिम, साथै जिल्ला संस्थाका प्रतिनिधिहरु उल्लेख्य उपस्थिती रहेको थियो ।

यसैगरी नयाँ कार्य समिति सुस्मिता भूषालको अध्यक्षतामा १५ सदससीय चयन भएको छ । जसमा अध्यक्ष– सुस्मिता भूषाल, प्रथम उपाध्यक्ष–अमिना खान, द्धितीय उपाध्यक्ष– जानुका बस्नेत (खडका) महासचिव–अम्बिका खत्री, सचिव–इश्वरा थापा मगर, कोषाध्यक्ष–मिना गैरे, सह–कोषाध्यक्ष–हिलारी तामाङ्ग (राई) क्रमशः सदस्यहरु जानुका थापा मगर, वाइदा खातुन, सिता राई, अनु राई, बबिता तुम्बाफे –नेवाङ, शर्मिला जोसी समितिमा चयन हुनु भएको छ ।

अन्तमा कार्यक्रमका अध्यक्ष रेखा राईले पहिलो चरणको कार्यक्रलाई समापन गर्दै बनिरहेको नयाँ समितिलाई शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend