logo
  • शनिबार, भाद्र २० २०८३

तम्घासमा फागुन ७ र ८ गते निशुल्क स्वास्थ्य शिबिर हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी फागुन ४ ।
गुल्मीका एक समाजसेवी व्यक्तिको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिरको हुने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोड निवासी समाजसेवी मानबहादुर श्रेष्ठ र मायादेवी श्रेष्ठका छोराहरु ज्ञानेश्वर श्रेष्ठ, हिरन्यराज श्रेष्ठ नरेन्द्रमान श्रेष्ठ र बिरेन्द्र श्रेष्ठको आर्थिक सहयोगमा जिल्ला अस्पताल तम्घासमा फाल्गुन ७ र ८ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
स्वास्थ्य शिबिरमा दात, हात खुट्टा,ढाड कम्मर पोल्ने,झमझमाउँने, बाथ रोग युरिकएसिड, सुगर रोग, मुटुको समस्या, खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्रीसम्बन्धी महिनामारी अनियमित हुने लगायतका रोगहरुको चेक जाँचका लागी बिशेषज्ञ डक्टरहरुको व्यवस्था मिलाइएको श्रेष्ठ परिवारले जनाएको छ ।

लामो समय अमेरिकामा रहेका समाज सेवी श्रेष्ठका छोरा ज्ञानेश्वर श्रेष्ठले रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिव, बिपन्न परिवारहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको बताए । शिबिरमा समाजसेवी श्रेष्ठ परिवारको आर्थिक सहयोग जिल्ला अस्पताल तम्घासको प्राविधिक सहयोग रहेको छ ।

शिबिरलाई सम्पन्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्तिठान नेपाल जिल्ला शाखा गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, शसस्त्र प्रहरी वल गुल्मी र रेसुङ्गा युवा क्लव, लेकबेसी आमा समुहले सहयोग गर्ने भएका छ । स्वास्थ्य शिबिरमा बिभिन्न रोगका बिशषेज्ञ डक्टरहरु बिभिन्न रोगहरुका बिरामीहरुको चेकजाँच गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend