logo
  • शनिबार, भाद्र २० २०८३

बनभोज तथा साँस्कृतिक कार्यक्रमको तयारी तिव्र


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि आगामी मार्च ३ तारिखका दिन आयोजना गरेको बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । उक्त बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम कतारको उम सलाल अलि स्थित अलदाना क्लवमा आयोजना गरीएको छ ।कतारमा रहेका नेपालीहरु, बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाटको साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

समाजका अध्यक्ष बुद्ध पाण्डेले भने, प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रम आयोजना गर्दै छौ । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे ।

कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी गायक दिपक परियार आउने भएका छन । साथै कतारमा रहेका गुल्मेली कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ । लोक तथा दोहोरी गायक ईस्वर भण्डारी, अविरल अजित, गायिका बिष्णु खत्री, हास्यकलाकार (गुल्मेली माग्ने बूढा) सुरज बिसी, गायिका कमला गुरुङ, गायक शुसान्त के.सी., दिपेन्द्र सुनार, डान्सर तथा मोडेल लक्ष्मी गीरी, डान्सर धन बहादुर पुन, हास्यकलाकार रेम कुमार बिसी, गायक बिरु केसी, लोक बहादुर बिसी  लगायतका कलाकरहरुको विविध साँस्कृतिक प्रस्तुतिहरु रहने बताइएको छ ।

कतारमा रहेका नेपालीहरु एवम बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट तथा प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक कुमार अविरल पन्थीले जानकारी दिनुभयो ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि उक्त कार्यक्रमले निरन्तरता पाएको हो ।

कतारमा रहनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन । कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको समेत व्यवस्था गरीएको छ । सनैया अलअत्तिया, दोहा तलवार गेट, मुन्ताजा पार्क बाट बिहान १० बजे एकैसाथ गाडी छुट्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend