साझा नेटवर्क
गोविन्द भण्डारी, अछाम माघ २९।
श्रोतकेन्द्र स्तरीय राष्ट्रपती रनिङ सिल्ड कार्यक्रम आज अछामको बिनायक श्रोत केन्द्रमा सम्पन्न भएको छ । बिद्या मन्दिर माद्यामीक बिद्यालय बिनायकका प्रधानाध्यापक बीर बहादुर शाहीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल सरकारका बन राज्य मन्त्रि दिर्घराज भाट प्रमुख अतिथी रहनुभएको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै राज्य मन्त्रि भाटले खेलकुद बिकासको प्रमुख मेरुदण्ड भएकाले क्षेलकुद क्षेत्रलाई सबैले अगाडी बढाउनुपर्नेमा जोडदिनुको थियो साथै उहाँले भन्नु भयो बिकसित राष्टमा खेलकुख क्षेत्रमा धेरै लगानी हुने भएकोले हाम्रो देशले पनी खेलाडीलाई उचित सम्मान दिनु पर्ने र खेलकुदमा सरकारले विषेश बजेटको ब्याबस्था गर्नु पर्नेमा जोड दिनु भयो । खेल क्षेत्रमा पछिल्लो समयमा नेपालमा पनी निरन्तर खेलकुदको बिकासको लागी लगानी गर्न सुरुभएको र यो कार्यलाई अगाडी बढाउन सरकारले कदम चालेको बताउनुभयो ।
समापन कार्यक्रममा नेपाली काङ्ग्रेस महा समिती सदस्य तथा नेपाल बिद्यार्थी सँघ केन्द्रिय सह–महामन्त्रिअम्बिका चलाउने , नेकपा एमाले अछामका उपाध्यक्ष नन्द बहादुर कडायत,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक बहादुर शाही, नेपाली काङग्रेसका महादिबेसन प्रतिनीधी तथा नेपाल शिक्षक सँघका अछामका पूर्ब अध्यक्ष सुरत बहादुर बिष्ट लगाएको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend