logo
  • शनिबार, भाद्र २० २०८३

वैदेशिक रोजगारीमा गएका महिला र हाम्रो समाज


  • मनिकला महतारा
  • शनिबार, भाद्र २० २०८३

-मनिकला महतारा ।
अनेकौं रहर र सपनाहरू बोकेर आज पनि हजारौं युवाहरू विदेशी भुमिमा पलाएन हुदै छन । देशको राजनैतिक अस्थिरता, बेरोजगारी र गरीबीको चपेटामा पिल्सिएको हरेक नेपाली प्रवासिन बाध्य छ । आफ्नो जीवनलाई धितो राखी आफू र आफ्नो देशलाई उन्नति तर्फ लैजाने सुनौलो सपनाहरू बुन्दै गहभरी आसु झर्दै हातमा पासपोर्ट बोकेर दिनहु हजारौं युवाहरू प्रदेशी भुमिमा बेचिदै छन ।

घरगाँऊ रित्तिदै छन । नेपाली युवाशक्ति विश्वको कुना-कुनामा पुगि आफ्नो जीवन बलिदान गर्दै छन । नेताहरु कुर्सी तानातानमा ब्यस्त छन । वैदेशिक रोजगारीको विषयलाई ओझेलमा पारिएको छ । हजारौं संख्यामा देश छाडने युवा मध्ये १०% महिला पनि रहेका छन ।

देशको राजनैतिक अस्थिरता, बेरोजगारी, बाधयाता र विवशताले गर्दा केहि हदसम्म महिलाहरु पनि देश छोडनु परेको छ । केहिवर्ष यता महिलाहरु पनि विदेशिने क्रम बढदै छ । आधुनिक युग सङ्गै महिलाहरु पनि हातेमालो गर्दै हरेक क्षेत्रमा आफ्नो सहभागिता देखाउदै छन । जस मध्य वैदेशिक रोजगारि पनि एक रहेको छ । तर ढुङगे युगबाट आधुनिक युगसम्म आइपुग्दा पनि समाजको महिला प्रतिको दृष्टिकोण भने अझै पनि केही अन्तर आएको छैन ।

हिजो चुलो चौकामा मात्र सिमित महिला आज आफ्नो अर्थिक समाजिक र राजनैतिक पहिचान खोज्दै छन । यसै क्रममा वैदेशिक रोजगारि पनि महिला सशक्तीकरणको एक पाटो हो । तर विडम्बना हाम्रो समाजमा महिलाहरु खास गरि वैदेशिक रोजगारबाट फर्केकाहरुलाई हेर्ने दृष्टिकोण भने बेग्लै रहेको छ ।

हुन त विदेशमा थोरै मात्र नेपाली महिला दिदिबहिनीहरु यस्ता होलान् जस्ले दुख, अल्पत्र परे भनेर राजदूतावास धाउनु नपरेको । धेरै जस्तो हिंसामा पनि पर्ने गरेका छन । तर सबैलाई एकै किसिमको हुदैन । आज पनि हाम्रो समाजमा महिला जतिसुकै कठोर परिश्रम गरेर धेरै धन कमाए पनि वैदेशिक रोजगारबाट फर्केको छ भने त्यसलाई योनिकता सँग दाजिन्छ ।

त्यही देशबाट पुरुष आउदा लाहुरे हुन्छ अनि त्यहि देशबाट महिला जतिसुकै कठोर परिश्रम गरेर आउँदा त्यहि समाजले १० वटा उपनाम दिएको हुन्छ । एक महिलाले देश छोड्नुको कारण कसैले नि बुझ्न् चाहादैन । तर उसलाई आरोप प्रत्यारोप लगाउन चाही पछी पर्दैन हाम्रो समाज ।

महिला दिदिबहिनीहरु किन देश छाडदै छन त ?

यश विषयमा भने कसैले पनि चासो दिएको पाइदैन न राज्यले नै चासो दिन्छ, न त कुनै सरोकारवालाले चासो दिन्छन । अफ्नै देशमा राजनैतिक सुधार, महिला सोरोजगारका प्रशस्त अवसरहरु, महिला सशक्तीकरण, लगानी मैत्रीपुर्ण वातावरण हुने हो भने महिला किन महिला दिदिबहिनीहरु देश छाडदै छन, यश विषयमा सजग भइ समय मै राज्य सरोकारवालाहरुको ध्यान जानु जरुरि छ ।

अफनै देश्मा राजनैतिक सुधार, महिला सरोजगारका प्रशसता अवसर, महिला सशक्तीकरण, लगनी मैत्रीपुर्ण वातावरण हुने हो भने महिला संगै पुरुषहरुको पनि सख्यामा कमि आउथ्यो होला वैदेशिक रोजगारमा । महिलामा पनि आफू र अफ्नो देशलाई उन्नति तर्फ लैजाने इच्छा चाहनाहरु हुन्छन् ।

अन्त्यमा महिलाहरु नै आफै आफ्नो भित्रको हिनता बोध हटाइ अफ्नो शक्तिलाई चिनेर आफ्नो कर्म क्षेत्रमा लागेर अलिक उजागर गर्ने कि ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend