logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा खानेपानी योजनाका वारेमा डेलिगेशन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ २१।
गत ५ वर्ष देखि अलपत्र रहेको गुल्मी पिपलधारा ३ र वडा नम्वर ६ को खानेपानी योजनाको विवादका विषयमा आज जिल्ला विकास समितिमा त्यहाँका उपभोक्ताहरु डेलिगेशन आएका छन् ।

वडा नम्वर ६ को चोरपानी जुम्लादी खानेपानी लिफ्टीङ्ग खानेपानी आयोजनाको मुद दर्ताको विवाद सुल्टाई दिन भन्दै पिपलधाराका उपभोक्ता समितिका अध्यक्ष गिरबहादुर सुनार लगायतकाउपभोक्ताहरु डेलिगेशन आएका हुन् ।

पिपलधारा ३ वञ्ज्याङ्ग खानोपानी आयोजनाको मुल दर्ता विषयलाई लिएर त्यसका उपभोक्ता समिति अध्यक्ष खिमवहादुर महतले वडा नम्वर ६ का उपभोक्ताहरुलाई सास्ती र धम्की दिने गरेको भन्दौ स्थानिय विकास अधिकारी डिलाराम पन्थीको ध्यानकृष्ट गराईएको थियो ।

स्थानियवासीलाई थाहै नदिई महतले चोरपानी पानीको मुल दर्ता गरेको र पछि स्थानियवासी विच विवाद सुल्टाउँदा पनि कार्यन्वयन गर्नुको साटो उहाँले वखेडा झिक्दै सास्ती दिने गरेको उनिहरुको आरोप थियो । छलफलमा नेपाली कांग्रेसका सभाति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend