logo
  • शनिबार, भाद्र २० २०८३

धादिङ सल्यानटार कतारमा श्रेष्ठ निर्विरोध


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
धादिङ सल्यानटार सेवा समाज कतारको दोस्रो अधिवेशनबाट अध्यक्षमा लक्ष्मी किसोर श्रेष्ठ निर्विरोध चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा भुवन कुमारश्रेष्ठ, उपाध्यक्षमा दिनेसश्रेष्ठ, महासचिवमा सुबास बुर्लाकोटी, सचिवमा सुरेस श्रेष्ठ, कोसाध्यक्षमा रामहारि भट्टराई, सदस्यहरु किरन श्रेष्ठ, सुमनश्रेष्ठ, बिस्नु गिरि, शंकर न्यौपाने, र जय किस्न श्रेष्ठ रहेका छन् त्यिसै गरसल्लाहकार सम्योजक गणेश पाठक र सल्लाहकारहरुमा समुन्द् पन्त, दिपेन्द् इटनी चुनेको छ ।
रोजगारी, व्यवसायका उद्देश्यले कतारमा आइ बसोबास गरिरहेका धादिङ जिल्ला सल्यानटार गा. बि. स. का व्यक्तिहरुको ऐक्यबद्धता तथा सामुहिक प्रयासले प्रदेशमा सेवा समाजको गठन गरिएको हो । सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहयोगका लागि, बिशेष गरि सल्यानटार गा. बि. स. को बिकास निर्माणकार्यमा सक्दो सहयोग गरिने निर्वा्चित अध्यक्ष श्रेष्ठले बताए ।

बि. सं. २०६९ मा संस्थाले कतारमा स्थापित सामाजिक संघसस्थाहरुसंग हातेमालो गर्दै केही संदेशमुलक काम गरेर आगामी पिंढिलाई पनि राम्रा काममा अग्रसर रहनकालागी प्रेरणा दिने मुख्य उदेश्यले राखेको छ । गत ३ फेव्रुअरीमा सम्पन्न अधिवेशन संस्थापक अध्यक्ष श्री गणेश पाठकको सभापतित्व भएको थियो ।

अधिवेशनले संस्थापक कोषध्यक्ष श्री लक्ष्मी किशोर श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वा्चित चयन गरेको हो । कार्यक्रम सन्चालक सुबास बुर्लाकोटीले गरेका थिए । कार्यक्रममा संस्थाको प्रगति विवरण तथा कार्य सम्पादन प्रतिवेदन र सांगठनिक प्रतिवेदन प्रस्तुत गरि पारित गरिएको थियो । उक्त प्रतिवेदनका अनुसार संस्थाले स्थापना कालदेखि नै विभिन्न राम्रा काम गर्ने कोशिश गरेको देखिन्छ ।

धादिङ्ग सल्यानटारका साथीहरुलाई समेटेर एक आपसमा पारिवारिक बातावरण सिर्जना गरि धादिंग सल्यानटार सेवा समाज कतारलाई कापीको पाना र धादिंग सल्यानटार सेवा समाज दोहा कतारमा सिमित नराखी धादिंग सल्यानटार गा.बि.स. बिकाशको निम्ती अग्रसर अनुरोध गर्दै समाजले गरेका कामहरु उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend