साझा नेटवर्क
कतार ।
कतारमा स्थापना भएर सामाजिक कार्यमा कृयाशिल जिल्ला स्तरिय संस्थाहरुले गर्ने गरेका सामाजिक कार्यक्रमहरु लगभग एकै प्रकृतिका हुने गरेका छन् ।
समान उद्देश्य बोकेका जिल्ला संस्थाहरुको आन्तरिक कार्यक्रम बाहेक सार्वजनिक रुपमा गरिने कार्यक्रमहरु सामूहिक रुपमै गर्न सकिने हुँदा र त्यसो गरेमा समय र आर्थिकको समेत वचत हुने र अन्य धेरै बिषयमा फाईदा जनक हुने ठहरका साथ गत १६ सेप्टेम्बर २०१६ का दिन १९ जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको एक भेलाले जिल्ला स्तरिय संस्थाहरुलाई समेट्ने गरी ‘जिल्ला समन्वय समिति कतार’ नामक तदर्थ समिति गठन गरिएको थियो ।
सो समितिको गठन पश्चात अवश्य पनि यहाँका केही सामाजिक अगुवाहरुले विभिन्न माध्यमबाट यस समिति बारे सकरात्मक, नकरात्मक सबैखाले प्रतिकृया पनि राखिसक्नुभएको छ भने केही अग्रज ज्यूहरुको जिज्ञासा अप्रत्यक्ष रुपमा पनि प्राप्त भएका छन् ।
यस समिति सँग सम्बन्धित केही जिल्ला संस्थाहरु अहिले पनि मौन छन्, केही सकृया छन् भने केही पर्ख र हेरको अवस्थामा हुन् कि भन्ने यस समितिले महसुस गरेको छ । तथापि निस्वार्थ भावनाले कतारमा स्थापित जिल्ला संस्थाहरुलाई एकतावद्ध गराएर समाज परिवर्तनको दिशामा अघि बढ्ने यस समितिको चाहना र उद्देश्य रहेको छ ।
तसर्थ यस ‘जिल्ला समन्वय समिति कतार’ले यी यावत भ्रमहरुलाई मध्यनजर गर्दै यो समिति आवश्यक हो या होईन भन्ने बिषयलाई एक अन्तर्कृया कार्यकम्रको आयोजना गरी बृहत छलफल गर्ने भएको हुँदा हरेक जिल्ला संस्थाबाट अध्यक्ष र महासचिव/सचिव वा जिम्मेवार प्रतिनिधि तथा माथी सम्बोधित व्यक्तित्वहरुलाई तपसिल बमोजिमको मिति, स्थान र समयमा अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ ।
कार्यक्रम:-
मिति: १० फरवरी २०१७ ।
स्थान: भुयन रेष्टुरेन्ट (नेपाली आँगन) मुन्ताजा ।
समय: साँझा ठीक ६:०० बजे ।
सुदर्शन भट्ट
संयोजक
अशोक तामाङ
सदस्य सचिव
डिल्लिराम भट्टराई
सदस्य सचिव
जिल्ला समन्वय समिति, कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend