logo
  • शनिबार, भाद्र २० २०८३

दाङ देउखुरी समाजद्वारा अक्षयकोषका लागि रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
दाङ देउखुरी सेवा समाज दोहा कतारले अक्षयकोषका लागि नेपाली (रु ३०,०००) तिस हजार हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम माघ २१ गतेका दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा दाङ देउखुरी समाज दाङका अध्यक्ष नुमाकान्त सुवेदी उपाध्यक्ष बल्देब बि.क सदस्य बलाराम विष्णु न्यौपाने र दोहाका प्रतिनिधि सचिव रण बहादुर के.सि केन्द्रिय सदस्य छबिलाल बुढाथोकी बैकल्पिक सदस्य दुर्गा सोतिको उपस्थिति रहेको थियो ।
साथै देउखुरीको सतबरिया गा.बि.स वडा न.८ स्थीत श्री बगर बाबा माविमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै स्कुल व्यवस्थापन समितिका अध्यक्ष लिला वलि शिक्षक शिक्षिका विद्यार्थीहरु आभिभावकहरको उपस्तिथिको बिचमा अक्षयकोषका लागि सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम बिधालय व्यवस्थापन समितिका अध्यक्ष लीला वलिको सभापतित्वमा र दाङका अध्यक्ष नुमाकान्त सुवेदी प्रमुख आतिथ्यतामा सम्पन भएको थियोे । विषेश अतिथिहरुमा दाङ देउखुरी सेवा समाज दोहा कतारका केन्द्रिय सचीव रण बहादुर के.सि.लगायत केन्द्रिय सदस्य छविलाल बुढाथोकी दुर्गा बहादुर सोति रहेका थिए।

कार्यक्रममा बोल्दै दाङका उपाध्यक्ष बलदेव बिकले कतारबाट १/२ रियाल जम्मा गरी पठाएको रकम हामीले यहाँ सहयोग गर्छौ । तेस्तै यहाँबाट जाने नया युवाहरुलाइ यो सन्देश जाओस प्रवासमा बसेर आफ्नो ठाउको निमित्त समाजिक काम गर्नु हुदो रहेछ ।

बिदेशमा बसेर फुर्सदमा हामी पनि त्यहीँ पुगेर आफ्नो जिल्ला बासी संस्था भएको ठाउँमा आवद्ध हुनु पर्दो रहेछ भन्ने भनाइ राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नुमाकान्त सुवेदीले हामिले गरेको सहयोगको दुरुपयोग नहोश छिटै अक्षकोष स्थापना गरि समाजलाई जानकारी गराउन अनुरोध गरेका थिए ।

कार्यक्रमका सभापति तथा स्कुल व्यवस्थापन समितीका अध्यक्ष लिला वलिले यो सहयोगको दुरुपयोग नहुने र छिटै अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाउदै दाङ देउखुरी सेवा सामाज दोहा कतारलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम बिधालयका प्रधानाध्यापक श्याम चौधरीको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend