साझा नेटवर्क
प्रेम सुनार, गुल्मी जेठ २०।
टेबल टेनिस सघं रुपन्देहिले पाकिस्तानको कराचिमा हुने क्याडेट तथा जुनियर दक्षीण एसियाली साफ टेबल टेनिस प्रतीयोगीताको छनौट खेलका लागी ४ जना खेलाडी पठाउने भएको छ ।
सघंले सुनसरीको धरानमा यहि जेष्ठ २३ र २४ गते हुने छनौट खेलका लागी जुनियर महिलातर्फ गीता अर्याल र स्विकृती श्रेष्ठ, तथा जुनियर पुरुषतर्फ शिब पुन र क्याडेट ब्याएजतर्फ निशिल पन्तलाइ पठाउने निर्णय गरेको छ । टेबल टेनिस सघं रुपन्देहिको बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको सघंका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
सुनसरीमा छनौट भएका खेलाडी पाकिस्तानको कराचिमा जुलाइ १५ देखी १७ सम्म हुने प्रतीयोगीतामा सहभागीता जनाउन पाउने छन् । यसैगरी असार महिनाको “सटरडे टुनामेन्ट” सम्पन्न गर्नको लागी सुनिल श्रेष्ठलाइ जिम्मा दिइएको पनि श्रेष्ठले बताए । यस्तै बिहिबार नै बसेको पुर्ण बैठकले पत्रकार दिपक न्यौपानेलाइ प्रेस सल्लाहाकारमा चयन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend