साझा नेटवर्क
कृष्ण सारू मगर,मस्कट ओमन ।
जहाँ मगर त्यहाँ मगर संघ भन्ने उद्धेश्यका साथ २०११ मा स्थापित नेपाल मगर संघ ओमानले “सेवा नै धर्म हो“ भन्ने मुल्य र मान्यतालाई अनुशरण गरि ओमानमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग विभिन्न समाजिक कार्यमा समन्वय, सहकार्य, तथा भातृत्व एकता गर्दै विभिन्न प्रकारको समस्यालाई समाधानमा स्थापनाकाल देखि नै सह्योग कार्यमा निरन्तरता दिँदै आएको छ ।
स्थाई घर नमुना १ मदनपोखरा बस्ने मृगौला पिडित मान ब. आले मगरको आर्थिक अवस्था दयनीय भएको संवन्धमा मदनपोखरा नमुना गाविस पाल्पाले आर्थिक सह्योगका लागि जारी गरिएको चलानी नं १९६ पत्र संख्या नं( २०७१र०७३ को परिपत्र अनुसार संघको विशेष पहल तथा संघकी महिला सदस्य शान्ति आले मगरको सकृयतामा अक्षरूपी (चौवन्न हजार चारसय त्रिहत्तर) नेरू. ५४,४७३र( संकलन गर्न सफल भएको हो ।
गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल बुटवल स्थित झण्डै १ वर्ष देखी मृगौलाको डायलासिस गर्दै आएका आले मगरलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मगर संघले संकलित रकम अमृता राना मगरको नाउमा २१ जनवरी सनिवारका दिन हिमालय बैकको बुटवल शाखा बाट पाउने गरी नेरू. ५४,४७३र( पठाएको थियो ।
अमृता राना मगर भन्छिन प्राणी जगतमा मानव सबैभन्दा चेतनशील प्राणी हुन् । जीवन रक्षाका लागि आर्थिक सह्योग कार्यमा हातेमालो गरेका सबै पक्षमा विशेष आभार प्रकट गर्दै उपचारका लागि पठाको सह्योग रकमलाई ग्रहण गर्दै सम्पुर्ण नेपाल मगर संघ ओमन परिवार प्रति मृगौला पिडित मान ब.ले हार्दिक कृतज्ञता ब्यक्त गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend