logo
  • शनिबार, भाद्र २० २०८३

सुन आयात नहुँदा गुल्मीका सुनचाँदी पसल बन्द


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी माघ १९ ।
आपुर्ति मन्त्रालयले लामो समय सुनचाँदी आयात बन्द भएपछी गुल्मीमा सुनचादी पसल बन्द भएका छन् । सुन आयात ठप्प भएपछी सुनाचाँदी व्यावसायी संघ गुल्मीको आवाहन गुल्मीमा रहेका सुनचाँदी पसलहरु बन्द गरिएको सुनचाँदी व्यावसायी संघ गुल्मीका अध्यक्ष वालकृष्ण बरालले जानकारी दिए ।
जिल्लामा दुई महिना देखि सुनचाँदी आयात बन्द भएको बरालले जानकारी दिए । गुल्मीमा हाल सरदर एक हप्तामा १ किलो सुन खपत हुने गरेको बरालको भनाई रहेको छ । लगनको महिनामा सुनचाँदी आयात नहुनु र पसल बन्द हुनेले ग्राहकहरुलाई समस्या पर्ने गरेको छ ।

लामो समय सम्म आयात बन्द हुँदा पनि पुराना गरगहनाहरुको कामहरु गरेपनि थप सुन आयात नहुँदा पसल सञ्चालन गर्न समेत कठिनाई आएपछी बाध्य भएर पसल बन्द गरिएको अध्यक्ष बरालले जानकारी दिए । सुनचाँदी व्यवसायी संघ गुल्मीमा १ सय ५० व्यवसायी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend