logo
  • शनिबार, भाद्र २० २०८३

संघीय लिम्बुवान कतारमा पुनः एभेङ्ग लिम्बु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसन भव्यताका साथ सम्पन्न भएको छ। यो अधिवेसनबाट नरेन्द्र एभेङ्ग लिम्बु पुनः मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वा्चित भएका छन् भने उनको नेतृत्वमा ०१७(०१९ को कार्यकालको लागी ५१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरिएको छ।
निर्वतमान महासचिव तिलविक्रम थेवे बरिष्ठ उपाध्यक्ष निर्वा्चित भए भने निवर्तमान उपमहासचिव डम्बर लिबाङ मञ्चको महासचिव सर्वसम्मत निर्वा्चित भए। दोस्रो अधिवेसनबाट रेखा राई, किरण लिङदेन, सागर तुम्बाहाम्फे, युवराज बेघा, चन्द्र आङदेम्बे सर्वसम्मत उपाध्यक्ष निर्वा्चित भए। सुमन सहयात्री योङहाङ उपमहासचिव र प्रेम हुक्पा चोङवाङ सचिव एवं प्रवक्ता निर्वा्चित भए।

कुमार योङहाङ अर्थसचिव र बविता नेम्बाङ सह–अर्थसचिव निर्वा्चित भए। नगेन पाकसाँवा, तेन्जिङ शेर्पा (नरमल), होम फियाक, तेजबहादुर थेवे, मेघराज इजम, हर्क खजुम, सन्जय लिम्बु, सिताराम थेवे, ज्ञानेन्द्र लिङदेन, राज सिसाम लिम्बु, अविरमान सावदेन, हरी राई, नेत्र केरुङ, मंगलसिंह लिम्बु, मान बहादुर पाहिम, सन्जोक लिम्बु, डिकेन याक्थुङवा, मोहन केदेम, अर्जुन लक्सम, अमृत कुरुम्बाङ, राम जवेगु थेगिम, अमृत कुरुम्बाङ लिम्बु, सुश्री बिष्णु तामलिङ, मिथुन प्रसाद लिम्बु लगायत केन्द्रिय समितिमा निर्वा्चित भएका छन्।

अन्य सदस्यहरुलाई मञ्चको पहिलो वैठकले मनोनयन गर्नेछ। संघीय लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्ष नरेन्द्र एभेङ लिम्बुको अध्यक्षता, तिलविक्रम थेवे र डम्बर लिबाङको संचालन, रेखा राईको स्वागत मन्तव्य रहेको दोस्रो अधिवेसन कार्यक्रमको उदघाटन अधिवेसनलाई सम्बोधन गर्न नेपालबाट आएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन “मिराक” द्धारा गरिएको थियो।

दोस्रो अधिवेसनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन “मिराक“ ले संघीयताबादी र पहिचानबादी राजनितिक पार्टीहरुको गठबन्धनले उठाइरहेको पहिचानमा आधारित १०+१ संघीयताको विषयमा, पहिचानको विषयमा, संविधान संशोधनको विषयमा, अघि बढीरहेका विभिन्न राजनितिक मुद्दाहरुको वारेमा प्रष्टयाउदै अव नेपालमा १०+१ प्रान्तको संघीयता भएन भने मुलुकमा अर्कै परिस्थिति सृजना हुनसक्ने तर्फ सचेत गर्दै प्रवासबाट पनि वैचारिक शक्तिहरुको निर्माण हुदै जानुपर्ने आवश्यक रहेको र अन्तत यसले पनि संघीयता र पहिचानको स्थापनामा नैतिक बल पुग्ने बताउदै नेपालको शासन सत्ताको केन्द्रिय संरचनामै एकात्मकवाद हावी रहेकोले अन्तत आन्दोलन नगरीकन पहिचानमा आधारित प्रान्तहरु स्थापित हुन नसक्ने बताए ।

मुलुकको राजनितिलाई स्थायित्व दिन, संस्थागत गर्न र मुलुकलाई आर्थिक, सामाजिक समृद्धिमा लैजान संघीयताको आवश्यकता छ । एकात्मकबादी शासनले मुलुकको विकास भएन बरु एकपक्षलाई मात्र पक्षपोषण भएको भन्दै विश्व नै अहिले संघीयता र पहिचानयुक्त सिद्धान्त र मार्गतर्फ गइरहेको कुरा बताए । आफनो भाषा, भेषभुषा, धर्म, संस्कार, समुदाय, माटो, थातथलोमा पहिचानको भावना जिवन्त हुने बताउदै लिम्बुवान, खम्बुवान, तामसालिङ, तमुवान, मगरात नेवा, थारुहट, तराई मधेस, शेपा, खसान,दलित लगायतका समुदायले शदियौदेखि दवाएर राखिएको आफनो मुल पहिचानको सम्मान हुनुपर्ने, जातिजाति विचको इगो, दुश्मनी र शत्रुता नभएर समग्र विकास र स्थायित्वको लागि पहिचानमा आधारित १०ं+१ प्रान्तको संघीयता हुनुपर्ने बताए।

त्यस्तै उपस्थित अतिथिबाट मन्तब्यको क्रममा आदिवासी जनजाति लगायत हिमाल पहाड तराई सवैलाई मिलाएर जानलाई संघीयता आश्यक रहेको बताए । अव संघीयता र पहिचान राष्ट्रिय मुद्दाको रुपमा आइसकेकोले यसको ग्यारेन्टीमा कसैले रोकेर नरोकिने बताएका थिए।

कुनै जनजातिले देश नवेचेको तर देश वेच्नेहरु अहिले राष्ट्रबादी भएकोमा आश्चर्य मान्दै देशमा अव हिजो पछाडी परिएको आदिबाासी जनजाति तराइ मधेसलाई अव पनि कतिसम्म पछाडी पारेर राख्ने हो भन्ने प्रश्न राख्दै संघीयता र पहिचानवादीहरुको आन्दोलनमा नयाँ शक्ति नेपालको ऐक्यवद्धता रहेको र संघीयता, पहिचान पक्षधरहरु विच धुव्रिकरण हुनुपर्ने र तथाकथित राष्ट्रबादीहरुलाई परास्त गर्नुपर्ने उपस्थित अतिथि प्रतिनिधिहरुले आफ्नो धारणामा राखेका थिए ।

कार्यक्रममा दोहाका विभिन्न अग्रिणी बुद्दिजीवी, समाजसेवी, सामाजिक संघसस्थाहरु, जनबर्गिय, जातीय तथा अन्य संघसस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुले समेत शुभकामना मन्तब्य दिएका थिए । मञ्चको स्मारिका समेत विमोचन गरिएको सो उदघाटन कार्यक्रममा लिम्वुवान कलाकारहरुको केलाङ र विचविचमा गायक अमुत लिम्बु र अन्य गायकको लिम्बुवान भावना बोकेको गीतहरुको प्रस्तुतीले उदधाटन कार्यक्रममा रोचकता थपिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend