logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल पत्रकार महासंघ भारत शाखाको अध्यक्षमा-लोकेश


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नयाँ दिल्ली भारत, माघ १७।
नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ । भारतको राजधानी दिल्लीस्थित नेपाल आवाज दैनिक पत्रिकाको सभाहलमा सम्पन्न २ दिने अधिवेशनले सर्वसम्मतिमा लोकेश शाहको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति चयन गरेको छ ।
अधिवेशनले समितिको अध्यक्षमा लोकेश शाह, उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव गोबिन्द पोखरेल, सचिव ऋषिराम अधिकारी, सह-सचिव अर्जुन खनाल र कोषाध्यक्षमा धन बहादुर बिक चयन गरेको छ । त्यसैगरि सदस्यमा इन्द्रकमल जैरु, देवेन्द्र केसी क्षेत्री, भेषराज पौडेल, खुमबहादुर गुरुङ र पुजा शाह चयन हुनु भएको छ।

समारोहमा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय विशेष अथितिको रूपमा उपस्थित हुनु भएको थियो। समारोहमा शाखालाई आधिकारिकता प्रदान गर्न नेपाल पत्रकार महासंघका सचिव धमेन्द्र कर्ण, उपत्यका प्रमुख एवं केन्द्रीय सदस्य इश्वरी वाग्ले र मध्यपश्चिमाञ्चल प्रमुख एवं केन्द्रिय सदस्य झलक गेरैको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत उपाध्यायले दुई देश बिचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने बताउनु भयो। समारोहमा बोल्दै महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाहले भारतभरि छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्ध हुन आह्वान गर्दै श्रमजिवी पत्रकारहरुको कलम देशको स्वाधिनताको रक्षा गर्नका लागि चल्नु पर्नेमा जोड दिएको थियो ।

कार्यक्रममा दिल्लीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend