साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ अर्घाखाँची,माघ १६ ।
अर्घाखाँचीको अर्घातोष वार्ड नं-४ मा रहेको श्री त्रिदेब बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तेर्हौ बार्षिक सधारण सभा धौलागिरि बोर्डिंगको प्राङ्गणमा आइतबार एक कार्यक्रमका बीच सम्पन्न भयेको छ ।
सस्थाका अध्यक्ष काशिराम पाण्डेको सभापतित्व रहेको सो कार्यक्रममा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष बालकृष्ण खनालको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघ लेखा संयोजक महेन्द्र कुमार श्रेष्ठ, भगवती बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष पदम राज पन्थी र रेडियो रेसुंगा एफ एमका अर्घाखाँची प्रतिनिधि दिपेन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सस्थाको अध्यक्षको प्रतिबेदन काशिराम पाण्डे र ब्याबस्थापकको प्रतिबेदन केशब कुमार श्रेष्ठ र सस्थाको प्रगती प्रतिबेदन जिल्ला लेखा संघ अर्घाखाची संयोजक महेन्द्र कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको । सस्थामा हालसम्म २५५ जना शेयर सदस्य रहेका छन जस अन्तर्गत सस्थाले अहिलेसम्म करिब ८० लाखको लाखको कर्जा निर्माण गरेको र सस्था यस बर्ष १.५५.०५० मुनाफा गरेको बताइएको छ ।
कार्यक्रममा शेयर सदस्यहरू मध्ये जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत प्रेमलाल श्रेष्ठ र उत्कृष्ट ऋणी शेयर सदस्य अन्तर्गत धुर्ब प्रसाद श्रेष्ठलाइ दोसल्ला ओढाई सम्मान गरिएको थियो । गत बर्षको एस एल सि परिक्षामा उत्कृष्ट नतिजा ल्याउने अतित के सीलाइ पुरस्कार समेत बितरण गरियेको थियो।
कार्यक्रमका बीच ऋण नीति ,कर्मचारी पारिश्रमिकता ,लेखा परीक्षक नियुक्ति सम्बन्धमा छलफल समेत गरिएको थियो कार्यक्रममा सस्थाका शेयर सदस्यहरु,सहकारी कर्मी,समाजसेवी र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सस्थाका उपाध्यक्ष नारायण प्रसाद पाण्डेले शुभकामना मन्तब्य दिनुभएको थियो कार्यक्रममा अतिथि ब्याज ब्याज वितरण पुतला श्रेष्ठले गर्नु भएको थियो भने जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष बालकृष्ण खनालले ब्यानर खोलि राष्ट्रिय गानका दिप प्रजनन गरि उदघाटन गर्नु भएको थियो भने कार्यक्रमको संचालन केशब कुमार श्रेष्ठले र समापन सस्थाका अध्यक्ष काशिराम पाण्डेले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend