साझा नेटवर्क
ध्रुब क्षेत्री,दोहा कतार
बिभिन्न पेसा र बेबसाया गर्दै कतार लाइ कर्म भुमि बनाएका नेपालि मुस्लिमहरुले नेपालमा बदलिदो परिवेश अनुसार आफ्ना समस्या अनि जातीय, भासिक र धार्मिक अधिकार सहित को पहिचान का निमित्व एक भएर काम गर्ने उदेस्या ले एउटा सामुहिक सस्था को रुपमा निर्मार्ण गरिएको धार्मिक सस्था हो।
नेपाली मुस्लिम समाज कतार र उक्त सस्था ले आगामी मार्च १० मा कतार मा आफ्नो अधिबेसन गर्ने निर्णया गरेको कुरा सस्थाका कार्यबहाक माहसचिब हजरत अलि खान ले बताएका छन् । दुइ बर्ष देखी अधिबेशन गर्न नसकेको नेतृत्व को कारण सस्था धरापमा परेको र कुनै हैकम बादी पकेटिया प्रवृतिमा रहेको भन्दै आफु अल्लि रुष्ट भएको संकेत गर्दै उहाले भने।
हामिहरु ले अक्टोबर २८/२०१६ मा भएको सर्बसम्मत अधिबेसन गर्ने भनि गरेको आयोजक कमिटीको निर्णयलाइ पछिल्लो समयमा सस्थाका अध्यक्ष र संरक्षकहरु ले आलटाल गर्दै उक्त माहधिबेशन बाट भाग्न खोजेकाले हामिले बाध्य भएर उपाध्यक्ष को अध्यक्षतामा बहुमत सदस्यहरू को उपस्थितिमा निर्वाचन कमिटी,बिधान मस्यौदा कमिटी,आर्थिक कमिटी गठन गरेको र सस्थाका तिन क्षेत्रहरू मध्य दुइ क्षेत्रका अध्यक्ष ,सल्लाहकार लगाएत सम्पुर्ण पदाधिकारीहरु लगाएत को बैठकले उपाध्यक्ष यासिन मामाको अध्यक्षता मा माहधिबेशन आयोजक कमिटी घोषणा गरेको कुरा जानकारी गराउनु भयो।
उक्त घोसित कमिटिका संयोजकहरुमा निर्वाचन कमिटी संयोजक महम्मद हुसेन खान,बिधान मस्यौदा कमिटी संयोजक इन्जिनियर ऐयुब खान , ब्यबस्थापन संयोजकमा मौलाना खालिद र आर्थिक कमिटी संयोजकमा अतहर हुसेन लाइ बैठक द्वारा सर्बसम्मत जिम्मेवारी सुम्पिएको छ। समाजका दोय क्षेत्रीय अध्यक्ष मुम्जान मिया र महम्मद हुसेन खानका अनुसार हामिले निस्पक्षिय चुनाब गराएर अधिबेसन भब्यताका साथ सफल बनाउने र अन्तिम समय सम्म पनि अध्यक्ष र संरक्षकलाइ अधिबेसनमा सामेल गराउने प्रयत्न मा कमि नगर्ने बताए।
बहुमत सदस्य द्वारा चुनिएका सस्थाका अधिबेसन आयोजक कमिटिका संयोजक यासिन मामा ले २१ सदस्यीय अधिबेसन आयोजक कमिटी बनाइएको र यहि फेब्रुअरी १ देखी सदस्यता रिनु र नयाँ सदस्यता बितरण प्रणाली खुल्ला गरिने र उक्त प्रणाली फेब्रवरी २८ सम्म रहने साथै पुराना सदस्यता रिनु र नयाँ सदस्यता फारम भर्न खुल्ला गर्ने बताउनु भयो साथै उहाका अनुसार सस्थाले उम्मेद्बारी दिने समय मार्च १ देखी ५ मार्च सम्म तय गरेको छ !
आयोजक कमिटिले नेपालि मुस्लिम समाज कतार को अधिबेसन भब्यताको साथ सम्पन्न गराएर सस्था लाइ उच्च मनोबलका साथ् सबैलाई समेटेर निकास दिने प्रतिबद्दता बेक्त गर्दै अधिबेसन मा मिलेर जान सबैमा आग्रह गरेको छ!!
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend