logo
  • शनिबार, साउन ३० २०८३

गायिका शिला साङ्गीतिक सफलताको शिखरमा चढ्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ जेठ २०।
संगीत भनेको सधाना हो, निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाइ साङ्गीतिक क्षेत्रमा स्थापित बनाउछ यसैको एउटा राम्रो उदारण बनेकी छिन पुर्बेली गायिका शिला राइ । धनकुटादेखि सुनसरी हुदै काठमाडौँमा आएर स्थापित हुन सफल गायिका शिलाले दर्जनौ गित हरुमा आफ्नो सुमधुर मिठो आवाज भरि सकेकी छिन ।

13313923_1627554000902423_1901498698_o

आफ्नो साङ्गीतिक यात्रामा आफ्नै दुइ वटा एल्बम “कस्तो मन” र “प्रेम” नेपाली बजारमा ल्याएर सर्बाधिक चर्चामा रहन सफल गायिकाले अन्य दर्जनौ गित हरुमा आफ्नो जादुमय स्वर भरेर चर्चामा नै रहन सफल भएकी छिन । “थुन्चेको भारि बिसाउदै” ,”चिन्डोको बिर्को खोलन” जस्ता पुर्बेली भाकाहरु लाइ जस्ताको त्यस्तै जन जिब्रोमा उतारेर संगीतको पारखी हरुको रोजाइमा पर्न सफल गायिका शिला नेपाली साङ्गीतिक फाटकि एक उदयीमान गायिका भन्दा फरक नपर्ला, शास्त्रीय संगित देखि आधुनिक संगीत सम्म राम्रो संग बुझेकी गायिकाले यो स्थान सम्म आइ पुग्न भने धेरै दुख संघर्ष गर्नु पर्यो ।

उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । यहि संगीत मोहले गर्दा नै उनि हरेक क्षण साङ्गीतिक क्षेत्रमा आफु सफल हुन् संघर्षरत छिन गायिका शिला राइ ।संगीत प्रतिको सधानाले गर्दा होला आजभोलि नेपाली साङ्गीतिक बजारमा उनको माग बढ्दो छ । मेला महोत्सब देखि अन्य सास्कृतिक, स्टेज कार्यक्रम हरु सम्ममा उनको माग बढ्दै गएको जानकारी मिठो आवाजको धनि गायिका शिला राइ दिन्छिन ।

पछिल्लो समय निकै नै ब्यस्त बन्दै गएकी गायिका शिलालाइ अहिले गितहरु रेकर्डिङ्ग गर्न भ्याई नभ्याई छ । मिलनसार स्वभाबकि गायिका राइ सधै हासेर बोल्छिन संगीतलाइ सरस्वतिको प्रशाद सम्जिने गायिका राइ आफुमा भएको कलालाइ सधै आफ्ना दर्शक श्रोताहरु लाइ समर्पित गर्नमा आफुलाई भाग्यमानी ठान्छिन । त्यति मात्र होइन उनि आफ्नो कला सस्कृतिलाई आफ्नो भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन ।

भर्खरै मात्र बजारमा आएको गायिका शिला राइको आवाजमा नया गित परदेशीको खबर’ अहिले चर्चामा रहदै आएको छ । परदेशको भोगाइलाइ यथार्थमा बदलेर सर्जक भुपेन्द्र जँग राईले आफ्नो भोगाइको तितो सत्यलाई यो गित मार्फत पोखेका हुन् र संगीतकार डक्टर किरातले संगीत भरे जुन गितलाइ जिबन्त आवाज भरेर गायिका शिलाले झन् सुनमा सुगन्ध थपेकी छिन ।

उनि भन्छिन यो गित भित्र पिडा लुकेको छ, परदेशमा बस्दाको दुख लुकेको छ र परदेशीको आत्माको आवाज शब्द र संगीत मार्फत छर्लंग भएको छ । आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीतलाइ सधै सम्रक्षण गर्न लागि पर्ने गायिका शिला राइलाइ साझा नेटवर्क परिवारको तर्फबाट लाखौ लाख शुभकामना ।

गित हेर्न र सुन्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend