साझा नेटवर्क
बिष्णु प्रसाद भुसाल, बाग्लुङ जेठ २०।
धौलागिरी सामुदायिक विकास केन्द्र डिसीआरडिसी बागलुङको आयोजना तथा वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र राष्ट्रिय ग्रामिण नविकरणीय कार्यक्रमको आर्थिक सहयोगमा ३ दिने तालिम आज खर्वाङमा सम्पन्न भएको छ । महिला उद्यमीहरुका लागि जेसी उत्पादन, बजारीकरण तथा लेखा ब्यवस्थापन तालिममा बागलुङ, गुल्मी र म्याग्दीका गरी २३ जना उद्यमीहरुको सहभागिता रहेको थियो । 
तालिम समापनका अवसरमा डिसी आर डिसी बागलुङका ब्यवसाय प्रर्वधन अधिकृत ज्ञान बहादुर थापा, जेसी अधिकृत शालिकराम शर्मा, रेडीयो सारथीका स्टेशन म्यानेजर बिष्णु प्रसाद भुसाल, नव प्रतिभा बचत तथा क्रृण सहकारी सँस्थाका प्रबन्धक दुर्गा अर्याल, सहभागीहरुको तर्फबाट शिजन शाक्य, महेन्द्रा घर्तिर कल्पना कार्कीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
३ दिन सम्म सञ्चालन भएको तालिममा प्रशिक्षकहरु सुर्य बहादुर खाँड, दुर्गादत्त अर्याल, शालिकराम शर्मा, बिष्णु प्रसाद भुसाल र ज्ञान बहादुर थापा लगायतले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सिकेको सीपलाई ब्यवहारमा उतार्न सहभागीहरुलाई सझाव दिएका थिए ।
यस्तै सहभागीले सीपलाई ब्यवसाय प्रर्वधनमा प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । समापन कार्यक्रम महिला उद्यमी कृष्ण कुमारी रानाको अध्यक्षता तथा उद्यमी शान्ति अधिकारीको सँचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend