logo
  • शनिबार, भाद्र २० २०८३

पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन सफल पार्न जुटे पत्रकारहरु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली माघ १३ ।
भारतमा कार्यरत नेपाली पत्रकारहरुलाई दायरामा ल्याउने र सड्गठित गर्ने उदेश्यले भारतको राजधानी नयाँ दिल्लीमा गठन भएको नेपाल पत्रकार महासंघ-भारत शाखाले यहि जनवरी २९ का दिन प्रथम अधिवेशन गर्ने भएको छ ।
अधिवेशन सफल पार्न भारतमा कार्यरत पत्रकारहरु दिनरात एक बनाईरहेका छन । भारत स्थित नेपाली दुताबास र जनबर्गिय सड्गठनहरुको उपस्थिति रहने उक्त कार्यक्रममा नेपालबाट नेपाल पत्रकार महासंघको केन्द्रीय टिम पनि आउने साखा सभापति लोकेश शाह “आर्यन”ले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई २८ गते बन्दसत्र र २९ गते घोषणा सभा गरी दुई चरणमा सम्पन्न गर्ने योजना छ र सर्वसहमतिमा नयाँ कार्यसमिति प्रवासी पत्रकार बिच बन्नेछ” कार्यक्रम बारे जानकारी दिदै आर्यनले भन्नु भयो । भारतभरी कार्यरत पत्रकारहरुको सहभागिता रहने उक्त कार्यक्रम तिस हजारी स्थित महासंघ भारत शाखाको कार्यालयमा सम्पन्न हुनेछ ।

कार्यक्रमपछि महासंघ भारत शाखाको आयोजनामा नेपाली दुताबासमा “भारत -नेपाल समन्ध र पत्रकारहरुको भूमिका” अन्तरकृया कार्यक्रम हुनेपनि सभापति आर्यनले जानकारी दिनुभयो । अन्तरकृया कार्यक्रममा नेपाल र भारतका बुद्धिजीवी र पत्रकारहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend