साझा नेटवर्क
कृष्ण बिसी, पाल्पा माघ ११ ।
दुबै मृगौला फेल भएकी पाल्पाको खस्यौली वडा न १ की धनकुमारी दगांलले उपचारका लागी आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी छन । बिगत ५ बर्षदेखी मृगौला फेल भएर उपचार गराउदै आएकी ५३ बर्षिय दगांलले परिबारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले उपचारका लागी सहयोग गर्न सबैमा अपिल गरेकी हुन ।
धनकुमारीले हाल भैरहवामा हप्तामा २ पटक डायलासिस गरिरहेको बताएकी छन । घरको आर्थिक अवस्था कमजोर छ ,कसैले सहयोग गरे नँया जिवन पाउने आशा छ, पिडीत दगांलले भनिन । डाक्टरको सल्लाह अनुुसार मृगौला प्रत्यारोपण गर्न सकिने जनाएपनि आर्थिक अभाव र दिने दाता नभएकाले समस्या परेको उनका परिबारजनको भनाई छ ।
अहिले पछिल्लो समयमा निशुल्क डायलासिस गराएपनि अन्य खर्च जोडदा खर्चले धान्न नसकेको पिडीत दगांलले बताईन । पाल्पा,रुपन्देही र काठमान्डौका अस्पतालमा गरि हालसम्म ५ लाख भन्दा बढी खर्च भएको छिमेकी सिता खडकाले जानकारी गराईन । मगंलबार जिल्लाका सञ्चारकर्मी सगं भेटेर दगांल र उनका परिबारले सहयोगको याचना गरेका हुन ।
दगांलका श्रीमान पनि खुट्टा भाँचिएर काम गर्न नसक्ने अवस्थामा छन भने ३ छोरी र १ छोराले पढिरहेका छन । उनका परिबारजनले आर्थिक सहयोग गर्न चाहानेले राष्ट्रिय बाणिज्य बैङकको खाता नम्बर ३२३००००२०११० मा जम्मा गरिदिन वा ९८४७१६१८४९मा सम्र्पक गर्न आग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend