logo
  • शनिबार, भाद्र २० २०८३

गोरखा सेवा समाजले फेब्रुअरी १७ मा बनभोज कार्यक्रम गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री,  कतार ।
नयाँ बर्ष २०१७ को अबसरमा कतार निवासी गोर्खालीहरुले बनभोज कार्यक्रम गरेर मनाउने भएका छन् । गोरखा सेवा समाज कतारले हरेक वर्ष जस्तै यो वर्ष पनि आफ्नो स्थापना दिवस तथा वनभोज कार्यक्रम कतारमा कार्यरत नेपाली कलाकारहरूको  साथमा १७ फेव्रूअरी २०१७ का दिन कतारको अल दोसरी (जु)पार्क सहानियामा मनाउने  भएको छ ।

सस्थाले त्यहाँ उपस्थित भएर सयोग गरिदिन सम्पूर्ण गोरखाली एबम गैर गोरखालीहरुमा आग्रह गरेको छ । स्मरण रहोस उक्त कार्यक्रम गोर्खा सेवा समाज कतारले सधै जसो आफ्नो स्थापनाको दिन १८ डिसेम्बरमा मनाउने गर्दथ्यो र यस वर्षपनि नेपालका चर्चित गायक बिरही कार्की र मुना थापा मगरको उपस्थितिमा मनाउने योजनामा थियो ।

विश्व परिवेश र विविध कारण देखाई कतार सरकारले  डिसेम्बर १८ का दिन कतारमा कुनै पनि मनोरन्जनात्मक कार्यक्रम नगर्न गरेको आग्रहलाइ सिरोधार्य गरि सस्थाले उक्त कार्यक्रमलाइ केहि ढिलाइ गर्दै आगामी १७ फेब्रअरीमा तय गरेको जानकारी दिएको छ  ।  टिकट दर कतारी रियल ४० रहेको बनभोज कार्यक्रम स्थलसम्म जान आउनको लागि, सैलिया, सनैया ४७,  दोहा मुन्तजापार्क  लगाएतका ठाउँबाट सवारी साधनको  व्यबस्था रहेको जानकारी दिएका छन् ।

विविध जानकारीको लागि सस्थाका अध्यक्ष सुर्दशन भट्ट ३३१६६९७७ उपाध्यक्ष  राकेश श्रेष्ठ ५५९९७५३९, दिपक लामिछाने ५५७७४६४ र महासचिब राजेश्वर ढकाल ७७९४३२९७ लाइ सम्पर्क गर्न समेत सस्थाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend