साझा नेटवर्क
(मस्कट)ओमान, माघ ११ ।
ओमान बसाईलाई अन्त्य गर्दै स्वदेश प्रस्थान गर्न लाग्नु भएका ओमान नेपाली एकता समाजका द्वितीय उपाध्यक्ष राम कुमार चौधरीलाई शुक्रबार एक समारोहका बीच सम्मान तथा बिदाई गरिएको छ । समाजका अध्यक्ष छविलाल बस्नेतको अध्यक्षतामा शुक्रबार कुरुम बगैंचामा सम्पन्न सो बिदाई कार्यक्रममा समाजका तर्फबाट कदर- पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान तथा बिदाई गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिब शोभाकान्त लामिछाने ज्यूले राम कुमार जि संगठन बिस्तार र बिकासमा साथै सामाजिक हितको निम्ति निस्वार्थ रुपमा लाग्नु भएका एक कर्मठ ब्यक्तित्व भएको बिचार ब्यक्त गर्दै समाज परिवर्तनको बाटोमा लाग्ने सबैले राम कुमारको कर्तव्यनिष्ठ ब्यवहारबाट पाठ सिक्नु पर्ने धारणा राख्नु भयो ।
उहाँ स्वदेशमा पुगेर पनि बर्गियमुक्ति आन्दोलनमा सक्रिय रहने बिश्वास समेत ब्यक्त भयो । रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण ज्ञवालीले ओमान संगठन बिस्तारमा राम कुमार चौधरीको योग्दान अतुलनीय रहेको बिचार व्यक्त गर्दै उहाँ जहाँसुकै रहेतापनि उहाँको यो सामुहिक भावनामा कुनै कमि नहुने आशा व्यक्त गर्दै उहाँको यात्रा सफलताको कामना गर्नु भयो ।
समारोहका अध्यक्ष छबिलाल बस्नेतले जस्तोसुकै परिस्थितिमा पनि बिचलित नहुने संगठनको निडर खम्बाको रूपमा राम कुमारलाई ओमानको संगठनले पाएको बताउदै स्वदेशमा पनि त्यस्तै निडरताका साथ जनमुक्ती अभियानमा लाग्ने आशा सहित सफलता र प्रगतिको कामना ब्यक्त गर्नु भयो ।
सम्मानित हुनु भएका उपाध्यक्ष राम कुमार चौधरीले आफूले संगठनमा लागेर केही सिक्ने मौका मिलेको र आफ्नो कर्तव्य निर्वाह गर्ने प्रयास गरिएको बताउनु भयो । साथीहरुको यो सम्मानले अझ अघि बढ्न हौसला मिलेको साथै आफू जहाँ रहेतापनि सबैको भावना बिचारलाई अँगालेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
सो समारोहमा केन्द्रीय सल्लाहकारहरु शालिकराम आचार्य, बिष्णु अर्याल, प्रथम उपाध्यक्ष जि बि लामा, महिला बिभाग प्रमुख गीता लिम्बू रुवि एरिया समितिका अध्यक्ष टंक आचार्य, घाला एरिया समितिका अध्यक्ष लोकेन्द्र सुनुवार लगायतले राम कुमार चौधरीको समाज र संगठनप्रतिको योग्दानको चर्चा गर्दै प्रगति र यात्रा सफलताको शुभकामना ब्यक्त गरिएको थियो ।
सौडियार-९ सिसहानिय, दाङ निवासी चौधरी बिगत पाँच वर्ष देखि ओमान नेपाली एकता समाजमा सक्रिय हुनुहुन्थ्यो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend