साझा नेटवर्क
नयाँ दिल्ली भारत, माघ १०।
नयाँ शक्ति नेपाल निकट अन्तरास्ट्रिय नेपाली विद्यार्थी संघ-भारतले गत डिसेम्बर महिनाको १० तारिकका दिन सुरु गरेको प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको माग राख्दै दवाब मुलक हस्ताक्षर अभियानलाई निरन्तरता दिंदै आज जनवरी २२, २०१७ का दिन हस्ताक्षर संकलन अभियान तथा निरन्तर भेलाको आयोजना गरेको छ ।
संघका संयोजक बादल बस्नेतको सभापतित्व, नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य कृष्ण राज गैरे र अन्तरास्ट्रिय नेपाली समाज भारत संयुक्त दिल्ली राज्य समिति संयोजक रमेश शर्माको बिसेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा भारतमा रहेर सिए र अन्य बिषय अध्ययन गर्ने विद्यार्थीहरुको उत्साह जनक उपस्थिति रहेको थियो।
संघका संस्थापक सदस्य तथा नयाँ शक्ति नेपालका सक्रिय अभियन्ता राजु भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरुले प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको खुलेर समर्थन गर्नुका साथै यसलाई अझै ब्यापक रुपमा भारत भरिनै अभियान चलाउनु पर्नेमा पनि जोड दिएका थिए।
कार्यक्रममा बोल्दै संघका संयोजक बादल बस्नेतले भने- “देशमा जनताले ठुला ठुला परिवर्तन ल्याए तर अझै पनि जनताले खोजेको जस्तो ससकिय प्रणाली देशमा आएको छैन। जनताले देशमा फू गर्दा ढल्ने सरकार होइन लू लाग्दा पनि नढल्ने सरकारको अपेक्षा गरेका छन् र त्यो मात्र सम्भव छ प्रतक्ष निर्वाचित कार्यकारी प्रणाली बाट।
“संबिधान बनाउनु पुर्व देशका प्रमुख दलका नेताहरुले जनताबाट सुझाव बटुलेको नाटक मात्र गरे तर अधिकांस जनताको माग रहेको प्रतक्ष्य निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यबस्थापिका संसदको एजेण्डा भने च्यातेर रद्दीको टोकरीमा मिल्काए र जनभावना बिपरित फेरी पनि संसदीय प्रणाली लाने भन्दै आक्रोश पनि पोखे ।
नयाँ शक्ति नेपालले नेपालमा दवाब मुलक हस्ताक्षर अभियान चलाइरहेको छ र हामीले पनि भारत प्रवासबाट अभियानमा हातमा हात मिलाउदै छौँ । र माघ महिना भित्र नै अन्तरास्ट्रिय नेपाली समाज र अन्य संघ संस्थाहरु संग सहकार्य गर्दै भारतका हरेक राज्य पुगेर एक लाख भन्दा बढी हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको पनि संयोजक बस्नेतले जनाए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend