logo
  • शनिबार, साउन ३० २०८३

जिल्ला वन कार्यालय गुल्मीलाई १२ लाख वढीको जग्गा प्रदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ २० ।
जिल्ला वन कार्यालय गुल्मीलाई जग्गा दान भएको छ । गुल्मी जिल्लामा विगत पााच वर्षदेखि संचालित मदाने संरक्षित वन कार्यक्रमको कार्यालय भवन निर्माणका लागि गुल्मी जिल्ला सिर्सेनी गा.वि.स.(७ वस्ने श्री नोखलाल अर्याल र बााझकटेरी गा.वि.स.(२ वस्ने श्री ज्ञानकुमार भुषालले वााझकटेरी गा.वि.स.(३ स्थित मझुवा भन्ने ठाउमा सालझण्डी (ढोरपाटन सडकसंग जोडिएको करीव १२ लाख मूल्य बराबरको एक रोपनी जग्गा निशुल्क जिल्ला वन कार्यालयलाई प्रदान गर्नु भएको छ ।

13318816_1234692753222371_258166458_n
जिल्ला वन कार्यालय गुल्मीलाई जग्गा दान भएको छ । गुल्मी जिल्लामा विगत पााच वर्षदेखि संचालित मदाने संरक्षित वन कार्यक्रमको कार्यालय भवन निर्माणका लागि गुल्मी जिल्ला सिर्सेनी गा.वि.स.(७ वस्ने श्री नोखलाल अर्याल र बााझकटेरी गा.वि.स.(२ वस्ने श्री ज्ञानकुमार भुषालले वााझकटेरी गा.वि.स.(३ स्थित मझुवा भन्ने ठााउमा सालझण्डी ( ढोरपाटन सडकसंग जोडिएको करीव १२ लाख मूल्य बराबरको एक रोपनी जग्गा निशुल्क जिल्ला वन कार्यालयलाई प्रदान गर्नुभएको छ ।

जिल्ला वन कार्यालय गुल्मीमा एक कार्यक्रम विच जग्गाधनी श्री भुषाल र श्री अर्यालले सो जग्गाको जग्गाधनी प्रमाण पूर्जा जिल्ला वन अधिकृत विशाल घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

आफ्नो जन्मस्थान, वसोवास क्षेत्र र जिल्ला भरीकै वन, वनस्पति, जैविक विविधता र प्रकृति संरक्षणमा काम होस् र यसले समग्र मानव जगतलाई फाइदा पुरयाओस भन्ने उद्धेश्यले आफ्नो नीजी जग्गा कार्यालयका लागि हस्तान्तरण गरेको कुरा जग्गादाता द्धयले वताउनुभयो ।

मदाने संरक्षित वन कार्यक्रम गुल्मी जिल्लामा जैविक विविधता संरक्षण, वैकल्पिक उर्जा, स्थानीय वन स्रोत संरक्षण लगायत क्षेत्रमा २०६८ सालदेखि जिल्ला वन कार्यालय मार्फत संचालनमा छ ।

गुल्मीको उत्तर पश्चिम क्षेत्रका ११ वटा गा.वि.स. लाई समेटेर संचालित यस कार्यक्रमले लुम्विनी अंचलकै सवैभन्दा उच्च स्थान मदाने लेक (२६९० मीटर) र यसवाट वग्ने नदीहरु छल्दी, पनाहा, निस्ती लगायत अन्य साना नदीहरुको संरक्षण गर्दै यस क्षेत%8

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend