logo
  • शनिबार, भाद्र २० २०८३

सर्लाही प्रवासी समाजले वार्षिक उत्सव तथा बनभोज गर्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी,  कतार माघ ४ ।
सर्लाही प्रवासी सेवा समाज क़तारले आगामी मार्च १० तारिखका दिन अल दोसरी गार्डनमा वार्षिक उत्सव तथा बनभोज कार्यक्रम आयोजना ग़र्ने भएको छ । गत शुक्रवार बसेको समाजको नियमित मासिक बैठकबाट वार्षिक उत्सव तथा बनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
सर्लाही प्रवासी सेवा समाज क़तारले आयोजना गर्न लागेको बनभोज कार्यक्रम आगामी १० मार्च २०१७ का दिन सम्पूर्ण सर्लाही बासी तथा प्रवासी जीवन बिताई रहनु भएका क़तारका सम्पूर्ण नेपाली समुदायहरुलाई कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेको छ ।

साथै कार्यक्रममा सहभागी भई सभ्य र भव्य रुपमा सफल बनाई दिनु हुनको लागि समाजले सम्पूर्ण सर्लाही बासी तथा क़तारमा स्थापित विभिन्न संघ सस्था, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत तमाम नेपाली दाज़ुभाई तथा दीदी बहिनीहरूलाई अनुरोध समेत गरेको छ ।

कार्यक्रम आगामी मार्च १० तारिखका दिन कतारको साहनिया स्थित अल दोसरी गार्डनमा सम्पन्न हुदै छ । साथै सोहि कार्यक्रममा आउन जानका लागि यातायातको सुबिधा समेत रहेको आयोजकले साझा नेटवर्कलाई जानकारी दिएको छ । ग्रांड मल सनैया, दोहाको कोर्निस र अलख़ोरबाट बिहान ७ बजे एकै साथ गाडी छुट्ने बताइको छ ।

थप जानकारीको लागि पेम्बा घलान ३३११३६९१४, श्याम लाल चौधरी ३३९९५०४३, सूजन बराल ६६२७६३९०, राजेश भूजेल ५५७४०८८३, मिम बोम्जन ३३५२२७७१, मनी लामा ७४४९५१६५, देब रखाल मगर ३०६७११९०, बुद्दी श्रेष्ठ ५०१९०३६८, भेशु लामा५०१२९४१०, धन ब. मोक्तान ५५८५९१६६ लाई सम्पर्क गर्न सकिने  छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend