logo
  • शनिबार, साउन ३० २०८३

परिवार र समाजबाटै प्रत्याडित भए, न्याय माग्दै सदरमुकाम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २०।
वडागाउँ गाविस ६ की २९ बर्षिया जमुना जिसी न्याय खोज्दै जिल्ला सदरमुकाम तम्घास आउनुभएको छ । ०७१ चैत महिनामा पतिले कुटपीट गरी घर निकाला गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिनुभएको थियो ।
cdo
उजुरी परेपछि आरोपित पति ३२ बर्षिय शुशिल जिसीलाई प्रहरीले गिरफतार गरी अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न दवाबका कारण कार्बाहि नभएको छिमेकी शकुन्तला जिसीले बताउनुभयो । लामो समय सम्म पति तथा परिवारले आफु र तीन सन्तानको कुनै वास्था नगरेपछि न्यायका लागी पुन सदरमुकाम आएको पीडितको जमुनाले बताउनुभयो ।
cdo 1
उहाँले आफ्नो परिवा संगै छिमेकी समुदायबाट पनि प्रत्याडित भएको बताउनुभयो । चार महिनाको गर्वमा बच्चा छदै फरार भएका पति छोरा जन्मिएको छ महिना सम्म कुनै रेखदेख र सम्पर्कमा नआएको पीडित जिसीले बताउनुभयो । उहाँहले छ महिना पुगी सदा पनि बच्चाको परम्परा अनुसार न्वारन नगरिदिएको गुनासो गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले तत्कालिन अवस्थामा आफु जिल्लामा बहाल नभएकोले घटनाको बारेमा सवै कुरा जानकारी नभएको बताउनुभयो ।

उहाँले महिला विकास अधिकृत प्रतिभा पन्थीलाई पीडित महिलाको न्यायको लागी तत्काल कानुनी प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको बताउनुभयो । महिला विकास अधिकृत प्रतिभा पन्थीले पीडित महिलाको न्यायका लागि पहल गर्ने बताउनुभयो । हिंसा पीडित महिलालाई भेट्दै प्रमुख जिल्ला अधिकारी कडेलले लायन्स क्लव अफ बुटवल सिटीले उपलब्ध गराएको पाँच हजार प्रदान गर्नुभयो । पीडित जमुनाका ९ बर्षकी छोरी, ५ बर्ष र ६ महिनाको छोरा छन् । पति गत बर्षको साउन देखि फरार छन् ।

बिहिबार उद्योग बाणिज्य संघको क्लोथ बैंकबाट आवश्यक लुगा र सृजनशिल सामुदायिक विकास केन्द्र लगायतका संस्थाबाट सहयोग हुँदैछ । पीडित महिलालाई भेटन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, महिला विकास अधिकृत प्रतिभा पन्थी, मानव अधिकारकर्मी गणेश श्रेष्ट, टोपलाल अर्याल, बिष्णु सापकोटा, पत्रकार प्रेम सुनार लगायतको टोली जिल्ला अस्पताल तम्घास पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend